भारतमा फेरि बढ्यो कोरोना संक्रमण

-


     नेपालय न्युज    
     श्रावण २१ गते २०७८


एजेन्सी । भारतमा कोरोना संक्रमण दर फेरि तीब्र हुन थालेको छ ।

पछिल्लो पटक भारतमा ४३ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांक अनुसार भारतमा ४२ हजार ९ सय ८२ जना नयाँ संक्रमित थपिएका हुन् ।

सोही अवधिमा ५ सय ३३ को मृत्यु भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म कुल ३ करोड १८ लाख १२ हजार १ सय भन्दा माथि कोरोना संक्रमित भएका छन् । त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाका कारण ४ लाख २६ हजार ३ सय बढीकोे मृत्यु भइसकेको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com