
न्यूयोर्क (अमेरिका) । अमेरिकी हल्का पेय उत्पादक कम्पनी पेप्सीकोले ट्रपिकाना र अन्य जुस ब्रान्डहरु बेच्ने भएको छ ।
कम्पनीले ३ अर्ब ३० करोड डलरमा एक निजी इक्विटी कम्पनीलाई यी ब्रान्डहरु बेच्ने भएको छ । पीएआई पार्टनर्सको यस सम्झौताअनुसार ज्वाइन्ट भेञ्चर गठन गर्ने र यस भेञ्चरमा पेप्सीकोले ३९ प्रतिशत गैर–नियन्त्रणकारी शेयर लिने भएको छ ।
पछिल्लो समय जनमानसमा स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि भएसँगै जुसको विक्री घटिरहेको छ । सन् २००३ मा अमेरिकामा जुसको खपत ४ अर्ब २० ग्यालनको उच्च स्तरमा उक्लिएको थियो । सन् २०१७ मा यो घटेर ३ अर्ब ग्यालनमा आएको छ । सम्झौता यही वर्षको अन्त्यतिर वा आगामी वर्षको शुरुमा सम्पन्न हुने बताइएको छ । एजेन्सी