अमेरिकाको कारखाना उत्पादन बढ्यो


     नेपालय न्युज,     
     साउन १९ गते २०७८


वाशिङटन डीसी (अमेरिका) । गत महीना अमेरिकाको कारखाना उत्पादन बढेको भएपनि वृद्धिको दर भने सुस्ताएको छ ।

आपूर्ति–श्रृङ्खलामा जारी समस्या बीच जुलाई महीनामा उत्पादन घटेको हो । इन्ष्टिच्यूट अफ सप्लाई म्यानेजमेन्ट (आईएसएम) ले गरेको सर्वेक्षणअनुसार कारखाना गतिविधि देखाउने सूचक जुलाईमा १ दशमलव १ प्रतिशत अंकले घटी ५९ दशमलव ५ अंकमा झरेको छ ।

सूचक जुनमा ६० दशमलव ६ अंकमा थियो । कुनै पनि आर्थिक क्षेत्रको गतिविधि देखाउने यो सूचक ५० भन्दा माथि रहेमा सो क्षेत्रमा वृद्धि भइरहेको संकेत गर्दछ ।
सन् २०२० को अप्रिलमा गतिविधि खुम्चिएको थियो । त्यसयता यो जुलाईसम्म लगातार १४ महीना बढेको छ । तर जुलाईमा नयाँ अर्डर र उत्पादनमा वृद्धि सुस्ताएको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com