प्रज्ञा जोशीको टेलिसिरियल सिन्दुर अहिले युटुबको ट्रेन्डिङमा

-


     नेपालय न्युज    
     श्रावण १८ गते २०७८


प्रज्ञा जोशीको टेलिसिरियल सिन्दुर अहिले युटुबको ट्रेन्डिङमा चर्चामा आइरहेको छ। निर्माता प्रज्ञा जोशीले “बिगतमा जसरी टेलिभिजनमा दर्शकले हाम्रो सिरियल मन पराउनु भएको थियो त्यो भन्दा बढी अहिले डिजिटल प्लेटफर्ममा मन पराउनु भो। दर्शकको यो मायालाइ हाम्रो टिमले ठूलो सम्मान र प्रोत्साहनको रुपमा लिएका छौं “।

सिरियलमा गरिमा पन्त, आर्यन सिग्देल, सुमन शिह, दिपक त्रिपाठी, हेमन्त बुढाथोकी, प्रज्ञा जोशी, रन्जु लामिछने, नबिन श्रेष्ठ, गोपाल अधीकारी आदि पुराना स्थापित कलाकार हरुको अभिनय रहेको छ। प्रदीप भारर्द्वाजको लेखन, पुरुषोत्तम प्रधानको छायांकन, योगेश घिमिरे को निर्देशन रहेको सिरियल प्रज्ञा जोशीले निर्माण गरेकी हुन। सिरियल हाल ओएसआर मुभिजबाट हरेक बुधबार बेलुकी ८:०० बजे सार्बजनिक गरिएको छ। लेखक प्रदीप भारर्द्वाज फेसबुकमा लेख्छन, “एक जमानामा यस्तो पनि काम गरिएको थियो !!
नेपाल टेलिभिजनबाटा प्रसारित पहिलो Full Love Drama थियो !, निकै मन पराइएको थियो यो ड्रामालाई !!”

१५ बर्ष अघी प्रज्ञा फिल्मस को ब्यानरमा निर्मित बहु चर्चित नेपाली टेली सिरियल “सिन्दुर” अहिले युटुबको ट्रेन्डिङमा रहेको छ। सोमबार सम्मको रेकर्डमा दुई लाख भ्युज साहित अहिले ट्रेन्डिङ को २५ नम्बर मा छ । अब छिट्टै निर्माता प्रज्ञा जोशीले घनश्याम लामिछाने द्वारा निर्देशित एबम प्रदीप भारर्द्वाज द्वारा लेखित अर्को सिरियल आधा खुशी पनि सार्वजनिक गर्ने जानकारी दिइन ।

सिरियल भाग १ : https://youtu.be/XV5MWiMmYww

WP2Social Auto Publish Powered By : XYZScripts.com