गम्बु शेर्पाद्वारा लिखित फर्किएका पाइला विमोचन

-


     नेपालय न्युज    
     श्रावण १८ गते २०७८


नेपालय
न्युयोर्क
  १३ वर्षको उमेरमा आमा गुमाएपछि उनले  भोगेका भोगाइहरू सुख भन्दा पनि बढी दुखैमा बित्यो , त्यो जीवनको यात्रामा देखी अमेरिकाको सुख सयल पनि छोडेर आफ्नो मातृभूमिमा  सामाजिक रूपमा केही परिबर्तन गर्छु भनेर लागी परेका कलाकार एवं समाजसेवी  गम्बु शेर्पाद्वारा लिखित फर्किएका पाइला  का आज विशेष कार्यक्रमका बीच विमोचन भएको छ ।

 दोलखाको जिरी हुँदै सिन्धुपाल्चोक तातोपानीको त्यो यात्राले जीवन कसरी संघर्ष गर्नु पर्छ र ११ वर्षको उमेरमा राजधानी पसेपछि आफुसगं  एक सुका पैसा पनि नभएर  बेखर्ची भएर राजधानीको क्षेत्रपाटीमा रहेको पुलमाथि बसेर  ३  रात    बिताउँदा पैसाको कति महत्त्व हुँदो रहेछ भनेर सिकेका गम्बु शेर्पा आज अमेरिकाको शुखसयलको जीवन छोडेर पुरानै आफ्नो गाउँघरमा अर्थात् मातृभूमिको लागी केही गर्नु पर्छ भनेर नै नेपाल फर्किएका छन् ।
 उनको  जीवनमा भोगेका भोगाइलाई कहीँ कतै पनि नलुकाई जस्ताको त्यस्तै आफ्नो पुस्तक फर्किएका पाइला मार्फत सबै सामस पस्किएका छन् ।
न्युयोर्कमा आज आइतबार भएको विमोचन कार्यक्रममा न्युयोर्कबासी नेपालीहरूको बाक्लो उपस्थित रहेको थियो ।
न्युयोर्क लामो समाएदेखि बसोबास गर्दे आएका साहित्यकार एवं कानुन व्यवसायी विनोद रोका प्रमुख रहेको सो विमोचन कार्यक्रममा ं शिक्षबिद्ध एवं लुम्बिनी विकास कोषका पूर्व सदस्य  सचिव आडदाबा शेर्पा , प्रमुख अतिथि विनोद रोका एवं धर्म गुरु आचार्य नाग वङ्ग साङ्गे द्वारा सयुक्तरुपमा विमोचन गरिएको थियो ।


जाडबु शेर्पा द्वारा सञ्चालन गरिएको उक्त कार्य विश्व शेर्पा सघंका उपाध्यक्ष  निमा शेर्पाको सभापतित्वमा भएको सो कार्यक्रममा वरिष्ठ साहित्यकार किशनसिंह थामी र आडदाबा शेर्पाले पुस्तकको बारेमा समीक्षा गरेका थिए ।


  फर्किएका पाइला  विमोचन कार्यक्रममा नेपाल पत्रकार महासघाका अध्यक्ष विपुल पोखरेल , कलाकार अभय ढुङ्गेल ,शेर्पा केदुकी अध्यक्ष साहित्यकार आनन्द श्रेष्ठ, योग गुरु डा राजु अधिकार , जनजाति महासघं अमेरिकाका अध्यक्ष  लोक चेम्जुङ्ग ,प्राध्यापक डा गोविन्द कोइराला , लोप्सा थिले सालक, र अङ्गछिरिङ्ग शेर्पा लगायतका व्यक्तिहरूले शुभकामना मन्तब व्यक्त  गरेका थिए ।


विमोचन कार्यक्रममा बोल्दै फर्किएका पाइलाका लेखक कलाकार एवं समाजसेवी, गम्बु शेर्पाले आफना जीवनमा भोगेका तिता मिठा अनुभवहरूलाई जस्ताको त्यस्तै आफूले पस्केको बताएका छन् । जीवनलाई सहज यात्रामा लैजान गरेका भोगाईको एउटा आलेखको रूपमा रहेको उक्त पुस्तक ज्यादै सरल  भाषामा एवं  उनको भोगेका पीडाहरू पढेर आँखा नरसाउने कमै होलान् त्यसैले पनि आजको गम्बु शेर्पा बन्नका लागी  उनले गरेका संघर्षलाई जान्नका लागी उक्त पुस्तक एकचोटी पढ्नै पर्छ ।


हुन त अमेकिामा हुँदा पनि आफ्नो कमाईको केही पैसा सामाजिक कार्य तथा टुहुरा बच्चाहरूको पढाइमा खर्च गर्दे आएका थिए । 

केही वर्ष अगाडी देखी  नेपालमा  सञ्चालनमा ल्याएको ं खाना, कपडा शिक्षा नामक – Food, Cloth & Education_ स्धांलाई आएको आम्दानी छुट्टाउँछन् । सो सस्धां बिशेषगरी बा आमा नभएका बेवारिसी अबस्धामा रहेका बच्चाहरूलाई खाना कपडा र शिक्षा दिने उद्देश्यले नै सञ्चालनमा ल्याएका हुन । यस पुस्तकबाट आएको सम्पूर्ण आम्दानी  भने पशी शेर्पा फाउन्डेसन  संस्था मार्फत सामाजिक कार्यमा खर्च गरिने समेत लेखक एवं कलाकार गम्बु शेर्पाले जनाएका छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com