एजेन्सी । हङकङमा विवादास्पद नयाँ सुरक्षा कानून अन्तर्गत पहिलो व्यक्तिलाई सजाय दिइएको छ ।
हङकङका बासिन्दा टोङ यिङ–किटलाई बिरोध प्रर्दशनका क्रममा ‘हङकङलाई स्वतन्त्र गर, यो हाम्रो समयको क्रान्ति हो’ नारा लेखिएको झन्डा बोकेर प्रहरीमाझ मोटरसाइकल चलाएको आरोपमा उनलाई ९ बर्षको जेल सजायँ तोकिएको हो ।
विरोध प्रदर्शनमा झन्डा बोकेर पृथकतावादलाई समर्थन गरेको ठहर सहित १५ दिन सम्म चलेको मुद्दापछी उनलाई ९ बर्षको जेल सजायँ दिइएको हो । ती ब्यक्तिलाई सजाय दिएपछि अब हङकङमा बिबादकाास्पद राष्ट्रिय सुरक्षा कानुन कडाईका साथ लागु हुने निश्चित भएको छ ।
हङकङमा सन् २०२० मा यो कानुन लागु भएदेखि १ सय भन्दा बढी ब्यक्तिलाई गिरफतार गरिसकिएको छ । हङकङमा सन् २०१९ मा लोकतन्त्र समर्थक आन्दोलन शुरु भएपछी नियन्त्रणका लागि यो कानुन लागु गरिएको हो । जसको ब्यापक बिरोध भएको थियो ।