दुई डोज खोप लगाइसक्दा पनि यस्ता लक्षण देखिए तुरुन्त कोरोना जँचाउनुहोस्

-


     नेपालय न्युज    
     श्रावण १५ गते २०७८


डा. राजन गान्धी,


अमेरिकामा खोप लगाउँदा पनि ठूलो संख्यामा मानिस कोरोनाबाट संक्रमित भएका छन्। जसले गर्दा त्यहाँ फेरि मास्क लगाउनमा जोड दिनुपर्ने अवस्था आएको छ। सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का निर्देशक डा. रोसेल पी वैलेन्स्कीका अनुसार खोपका दुवै मात्रा लगाएका मानिस पनि कोरोनाको डेल्टा भेरिएन्टको चपेटामा परिरहेका छन्। यस्तो अवस्थामा सीडीसीले भनेको छ– खोप लगाइसकेर पनि संक्रमणका कुनै लक्षण देखिए वा संक्रमित व्यक्तिको सम्पर्कमा आए उसले पनि कोरोना परीक्षण गराउनुपर्छ।

भारतमा पनि कोरोनाको डेल्टा भेरिएन्टको चपेटामा थुप्रै मानिस परेका छन्। दैनिक संक्रमण दर बढ्दो छ। यसर्थ सावधानी अपनाउनु र लक्षण देखिनासाथ जँचाइहाल्नु आवश्यक छ।


आउनुहोस्, खोप लगाइसकेर पनि कस्ता कस्ता लक्षण देखिए, कोरोना जाँच जरुरी हुन्छ भन्नेबारे जानकारी लिऔं।


खोप लगाइसकेकामा पनि देखिनसक्ने लक्षण
–टाउको दुख्ने
–नाकबाट पानी बग्नु
–घाँटी दुख्नु
–स्वाद र गन्ध थाहा नपाउनु
–ज्वरो आउनु

गम्भीर बिरामी परिने सम्भावना कम
विशेषज्ञका अनुसार खोप लगाइसकेका मानिस संक्रमण भए पनि गम्भीर बिरामी पर्ने जोखिम कम हुन्छ, तर लक्षणप्रति ध्यान जरुरी छ। यसकारण भाइरसलाई हल्का रूपमा नलिऊँ। लक्षण देखिनासाथ डाक्टरसँग सम्पर्क गरौं।

खोप लगाइसकेर पनि मास्क जरुरी
विशेषज्ञका अनुसार खोप लगाइसकेर पनि मास्क लगाउने र शारीरिक दूरी कायम गर्नेजस्ता नियम पालना गर्न जरुरी छ। यसले आफूलाई पनि संक्रमण सर्नबाट बचाउँछ भने अर्का व्यक्तिलाई पनि सुरक्षित बनाउँछ।

कस्तो मास्क राम्रो?
विशेषज्ञका अनुसार कोरोनाबाट बच्न एन–९५ मास्क सबैभन्दा सुरक्षित मानिन्छ, तर तपाईंसँग सर्जिकल मास्क छ भने डब्बल लगाउनुस्।

(डा. गान्धी भारतको कानपुरस्थित उजाला सिग्नस कुलवन्ती अस्पतालमा मेडिकल डाइरेक्टर तथा सिनियर कन्सल्टेन्ट फिजिसियन पदमा कार्यरत छन्।) स्रोत : अमर उजाला

नेपालखबरबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com