पत्रकार महासंघ कास्कीद्वारा समवेदना व्यक्त,सन्ध्याको मृत्यु शंकास्पद

-


     नेपालय न्युज    
     श्रावण १४ गते २०७८


पत्रकार महासंघ कास्कीद्वारा पत्रकार राजु बराल क्षेत्रीको छोरी स्व.सन्ध्या बराल क्षेत्रीको घरमा गई शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।

महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकार महासंघ कास्कीका साधारण सदस्य राजु क्षेत्रीको सुपुत्री सन्ध्या बराल क्षेत्रीको २१ वर्षको उमेरमा असामयिक निधनले महासंघ स्तब्ध भएको बताउँदै यस दुःखद् घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो। साथै उहाँले शोकसन्तप्त परिवारजनमा व्यक्तिगत एवम् संस्थाको तर्फबाट हार्दिक समवेदना व्यक्त गर्नुभएको थियो।

अध्यक्ष भण्डारीले सुखमा मात्र नभई दुःखमा समेत पत्रकार महासंघ कास्की साथमा रहेको बताउँदै आवश्यक सहयोगको लागि तयार रहेको बताउनुभयो। उहाँले, उदयमान चित्रकार सन्ध्याको अल्पायुमा भएको निधनले राष्ट्रलाई नै ठूलो क्षति भएको बताउनुभयो। सन्ध्या बाल्यकालदेखि नै चित्रकलामा पोख्न थिइन्, उनका हरेक चित्रलाई घोरिएर हेर्दा त्यस भित्र लुकेका शब्दहरुले उनको प्रतिभालाई निखारता देखाउथ्यो। एउटा मिहिनेती, उर्जाशिल र लगनशिल व्यक्तिको भौतिक शरिर नरहेपनि उनका कला र कृतिले घरको हरेक कुनाकुनामा उनि नै साक्षत देखिएको अध्यक्ष भण्डारीले बताउनुभयो।

सन्ध्याका बुवा राजु क्षेत्रीले छोरी प्रतिभाको धनी भएको बताउनुभयो “उनि पढ्नमा मात्र नभई, अन्य क्रियाकलापमा पनि रुची राख्थिन् भने चित्रकलामा विशेष रुची थियो सानै देखि बुवा क्षेत्री बताउनुहुन्छ।

“चित्रकलामा सन्ध्याको लगावले उनका साथी, गुरु र उनिसँग भेट भएका हरेक व्यक्तिले उनले बनाएका चित्रहरुको प्रशंसा गर्दथे। उनका कलामा जादु थियो, कलिलो उमेरमा उनका तिखारिएका प्रतिभाले भविष्यमा सुनौलो छाप बनाउने विश्वास थियो, तर पूरा हुन पाएन । उनी जे देख्छिन् र सोच्थिन् त्यो कलाकृतिमा उतार्न सक्थिन्, कुनैपनि व्यक्तिलाई एक पटक देखेको भरमा व्यक्तिको चित्र पेपरमा उतार्न दख्खल थिइन्,” बुबा क्षेत्री भन्नुहुन्छ।

छोरीको अकल्पनीय निधन भएपछि अन्य परिवारमा पनि आफ्नो परिवारको जस्तो अवस्था सृजना नहोस् भन्दै उनका बुवा क्षेत्री भन्नुहुन्छ, “छोराछोरीहरुको भविष्य बनाउनका लागि हामी दिन रात नभनी काम गर्छौ, उनिहरुका बारेमा सोच्छौं तर उनिहरुका भावना बुझ्ने प्रयास गरिदोरहेनछ। हामी लेख्छौ, तर व्यवहारमा उतारिदो रहेनछ। बच्चाबच्चीहरुले गलत निर्णय नलिउन भनि हरेक परिवारले चनाखो हुनु आवश्यक रहेको छ। उनीहरुलाई बुझ्नु आवश्यक रहेको बताउनुभयो।

छोरी सन्ध्याको मृत्यु रहस्यमय र शंकास्पद रहेको हुँदा प्रहरी र सम्बन्धित निकायले आवश्यक छानविन गरी कारवाही गरिदिन बुवा राजु क्षेत्रीले अनुरोध गर्नुभएको छ।

बुबा क्षेत्रीकाअनुसार, “छोरी काठमाण्डांैको ललितकलामा पढ्दै थिइन् हामीले जसलाई विश्वास गरेउ उनैले मानसिक तनाव दिएको छोरीले फोनमा एकपटक सुनाएकी थिइन्तर हामीलाई विस्वास लागेको थिएन्। एकदिन सन्ध्याले काठमाण्डौं बस्न असुरक्षित भएको र आफूलाई ह्यारेस्मेन्ट गरेको बताएपछि उनलाई घरमा ल्यायौं। हामीले म्यासेन्जर लगायत सामाजिक सञ्जालमा हेँर्दा उक्त व्यक्तिले छोरीलाई मानसिक तनाव दिएको थाहा पाएका थियौं, जुन समय धेरै ढिला भइसकेको थियो।

हामीले सामान्य सम्झियौं तर बारम्बार मानसिक टचर हुँदा छोरी मृत्युको शिकार बन्न बाध्य बनिन्। जसले उनलाई मृत्युको शिकार बन्न बाध्य बनायो, अनुसन्धान गरी त्यस्ता व्यक्तिलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ ताकी अरु छोरा–छोरीहरुले आफ्नो परिवारको जस्तो अवस्था सृजना नहोस्,” उहाँले भन्नुभयो।

नवांै दिनको पुण्यतिथिमा दुःखद् परिवारजनमा समवेदना व्यक्त गर्न पत्रकार महासंघ कास्कीका सल्लाहकार, कार्यसमिति सदस्य तथा साधारण सदस्य लगायतको उपस्थिति रहेको थियो।

WP2Social Auto Publish Powered By : XYZScripts.com