
सुमन थाम्सुहाङ लिम्बु,
अमेरिका । किरात याक्थुङ चुम्लुङ अमेरिकाले याक्थुङ मौलिक पर्ब सिसेक्पा तङ्नाम हर्षोल्लासका साथ मनाएको छ ।
जुलाई २४ मा कुइन्स बृज पार्कमा सम्पन्न उक्त कार्यक्रममा नेपाल सरकारको तर्फबाट महाबाणिज्यदूत बिष्णु प्रसाद गौतमको प्रमुख आतिथ्यता, आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङको विशेष आतिथ्यता तथा एनआरएनए न्युयोर्कका अध्यक्ष आङछिरीङ शेर्पा लगायतको आतिथ्यता रहेको थियो ।

भव्य र सभ्य रुपमा मनाईएको ससेक्पा तङ्नाम कार्यक्रममा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो । बिभिन्न संघ संस्थाका नेतृत्व, प्रतिनिधि, बुद्धिजीवी जनसमुदाय लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा कनेक्टिकट, न्यूजर्सी, मेरिल्यांड, एरिजोना, टेक्सास देखी उपस्थिति रहेको थियो ।
कार्यक्रममा आफ्नो संस्कार संस्कृति, भाषा, धर्म जोगाउनका लागि सबैको भूमिका महत्वपूर्ण हुन्छ भन्दै सहभागी भएका थिए भने सहभागी हुन नसक्नेहरुले शुभकामना तथा कार्यक्रमका लागि सहयोग राशि पठाएको बताइएको छ ।
५०८१ वर्ष देखि मनाउँदै आइएको पर्वमा आयोजित कार्यक्रममा सहभागी सम्पूर्णमा धन्यवाद तथा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नेहरुरुमा आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि सबैको साथ र सहयोग रहने अपेक्षा गरिएको संस्थाले जनाएको छ ।