प्रधानमन्त्री देउवा र अमेरिकी विदेश मन्त्रीबीच टेलिफोन वार्ता

-


     नेपालय न्युज    
     श्रावण १२ गते २०७८


काठमाडौँ,
प्रधानमन्त्री शेरबहादुर देउवा र भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री एन्थोनी जे. ब्लिंकेनबीच टेलिफोन वार्ता भएको छ।

सो अवसरमा विदेशमन्त्री ब्लिंकेन र प्रम देउवाले हालसालै अमेरिकाद्वारा नेपाललाई सहयोगस्वरूप प्राप्त पन्ध्र लाख कोभीड-१९ भ्याक्सीन लगायत नेपाल-अमेरिका साझेदारीका विविध महत्वपूर्ण विषयहरूमा कुराकानी भएको थियो। वहाँहरूबिच जलवायु परिवर्तन असरहरूको सामना गर्न दुई देशबिचको समन्वयबारे पनि छलफल भएको थियो।

अमेरिकी विदेश मन्त्री ब्लिन्केन मंगलबार छिमेकी मुलुक भारत भ्रमणमा आएका छन।

WP2Social Auto Publish Powered By : XYZScripts.com