काठमाडौं, साउन १२ गते । नेपालमा कोभिड–१९ (कोरोना भाइरस) को नयाँ भेरियन्ट देखिनेक्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अब ’कप्पा’ भेरियन्ट पनि देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको छ भने तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भएको जनाएको छ ।
२०७८ जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४७ वटा नमुनाहरू विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित इन्ष्टिच्यू अफ जिनोमिक्स तथा इन्ट्रगेटिभ बायोलोजीमा सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा डेल्टा भेरियन्ट पुष्टि भएको हो ।
यी भेरियन्टहरु बढी संक्रामक हुने र सबै उमेर समूहकालाई असर पार्न सक्ने मन्त्रालयले जनाएको छ।