टेस्लाको त्रैमासिक मुनाफा पहिलो पटक १ अर्ब डलरमाथि

-


     नेपालय न्युज    
     श्रावण १२ गते २०७८


साउन १२, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले पहिलो पटक एकै त्रैमासमा एक अर्ब डलरभन्दा धेरै मुनाफा कमाएको छ ।

चिप अभाव र बन्दरगाहमा जाम भएर कम्पनीको उत्पादन प्रभावित भएको भएपनि त्रैमासिक मुनाफा बढेको तथ्यांक सार्वजनिक भएको छ । जुन महीनामा सकिएको त्रैमासमा टेस्लाको विक्री १२ अर्ब डलर रहेको छ ।

गत वर्षको सोही अवधिमा यो ६ अर्ब डलर थियो । समीक्षा अवधिमा कम्पनीले २ लाख थान कार डेलिभर गरेको छ । अप्रिल–जुन त्रैमासमा कम्पनीले १ अर्ब १० करोड डलर मुनाफा कमाएको छ ।

मुनाफाको यो आकार गत वर्षको सोही अवधिमा १० करोड ४० लाख रहेको थियो । सस्तो खालको मोडल थ्री र मोडल वाईको विक्रीमा भएको वृद्धि कारण समीक्षा अवधिमा कम्पनीको मुनाफा बढेको हो । कम्पनीको त्रैमासिक मुनाफा १ अर्ब डलरमाथि पुगेको यो पहिलो पटक हो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com