अफगानी सेनालाई सहयोग जारी राख्ने अमेरिकी सेनाको घोषणा

-


     नेपालय न्युज    
     श्रावण ११ गते २०७८


एजेन्सी । अमेरिकाले तालिवानीविरुद्धको कारवाहीका लागि अफगानी सेनालाई सहयोग जारी राख्ने जनाएको छ ।

अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा तालिवानीहरुले सशस्त्र गतिविधि तीव्र पारेपछि अमेरिकी सेनाले तालिवानीविरुद्ध हवाइ आक्रमण जारी राख्ने जनाएको हो ।

तर यो हवाई हमला अमेरिकी सेना फिर्ता भएपछि सकिन्छ वा जारी रहन्छ भन्नेमा केही खुलाईएको छैन । अफ्गानिस्तनका महत्वपूर्ण वैदेशिक सिमा नाका एवं सामरिक केन्द्रहरु तालिवानको नियन्त्रणमा जान थालेपछि अमेरिकाले हवाई हमला जारी राख्ने जनाएको हो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com