पूर्व वाणिज्यमन्त्रीसहित सात अमेरिकी नागरिकमाथि चीनको प्रतिबन्ध

-


     नेपालय न्युज    
     श्रावण ९ गते २०७८


चीनले पूर्व वाणिज्यमन्त्रीसहित सात अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ

पूर्व वाणिज्यमन्त्री विल्बर रससहित सात नागरिक र केही अमेरिकी निकायमाथि प्रतिबन्ध लगाउन लागेको हो । अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्कनु केही दिनअघि बेइजिङले अमेरिकी नागरिक र संस्थामाथि प्रतिबन्धको निर्णय सार्वजनिक गरेको हो ।

हङकङमा गरिएको सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले यसअघि हङकङमा रहेको चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो । जवाफमा चीनले पनि प्रतिबन्धको निर्णय गरेको बीबीसीले जनाएको छ ।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले चीनले बदलामा चालेको कदमले अमेरिका विचलित नहुने टिप्पणी गर्नुभएको छ । बिग्रँदो सम्बन्धलाई सम्बोधन गर्ने उपायबारे छलफल गर्न उपविदेश मन्त्री सेरमन चीन जान लाग्नुभएको हो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com