हर्निया र म्रिगौलामा पत्थरी भएका बाबजुत पनि रक्तदान गरे-अर्जुन मैनाली

-


     नेपालय न्युज    
     श्रावण ९ गते २०७८


एक हप्ते समर भ्याकेसन मनाउन जुन ३०, २०२१मा हामीतीन परिवार १२ जना अट्ने भ्यानमा न्यूयोर्कबाट नर्थक्यारोलिना ड्राइभ गरेर गएम । छिमेकिको छोरीको विवाहमा सहभागी हुँदै त्यस क्षेत्र वरीपरी घुम्न मैले तालिका नै बनाएको थिएँ । त्यतीनै खेर अमेरिकन रेडक्रसले गम्भीर रक्त अभाव रहेको समाचार प्रकाशित गर्‍यो । कोरोना महामारिको बेला सन २०२० मा ९महिनाको अबधिमा मैले ११५०० मिलीलिटर रगत रप्लेटलेट्स दान गरेकाले मलाई जुन २८ सम्म रक्तदानगर्न प्रतिबन्ध लगाइएको थियो । सो प्रतिबन्ध खुलेलगत्तै जुलाई १ मा नर्थ क्यारोलिना मै रक्तदान गर्न समय मिलाएँ । त्यस दिन मेरो नाडिको धड्कन बढेर १०२ पुगेछ । रक्तदान गर्न पाइनँ ।

डाक्टरले ‘मेरो देब्रे म्रिगौलामा पत्थरी बनेको रहेछ, पेटमा सानो हाइटल हर्निया पनि रहेछ, ब्लड सुगर ११९ भएको रहेछ, किड्नि र कलेजोमा पानीको फोका पनि रहेछ’ भने । यो थाहा पाउँदा म धेरै नै आत्तिएँ । अब मैले रक्तदान गर्न नपाउने हो कि भन्ने ठुलो चिन्तामा परेँ ।

नर्थ क्यारोलिनाको एक हप्ते भ्रमण सकेर न्यूयोर्क फर्केपछी मेरो नाडिको धड्कन किन बढेछ भनेर डाक्टरकोमा गएँ । डाक्टरले मेरो स्वास्थ्य राम्रोसँग परिक्षण गरेपछी कलेजोमा बोसो जमेको पत्ता लगाए । मेरो स्वास्थ्य माथि डाक्टरलाई अझ बढी संका भएछ । उनले अल्ट्रासाउन्ड गराए । अनी एम आर आइ पनि गराए ।डाक्टरले ‘मेरो देब्रे म्रिगौलामा पत्थरी बनेको रहेछ, पेटमा सानो हाइटल हर्निया पनि रहेछ, ब्लड सुगर ११९ भएको रहेछ, किड्नि र कलेजोमा पानीको फोका पनि रहेछ’ भने । यो थाहा पाउँदा म धेरै नै आत्तिएँ । अब मैले रक्तदान गर्न नपाउने हो कि भन्ने ठुलो चिन्तामा परेँ ।डाक्टरले ‘चिन्ता नलिनुहोस, यो साधारण समस्या हो, शरीरको तौल घटाऊनु होस, म्रिगौलाको पत्थरी फाल्नुहोस, हर्नियाको शल्यकृया गर्नुहोस, आहारबिहारमा बिशेष ध्यान दिनु’ सम्झाय। उनले ‘यो समस्याबाट रक्तदान गर्न कुनै बाधा पर्दैन’ भने । तब मढुक्क भएँ ।

हुन त म अल्छि चरित्रको ब्यक्ती हुँ । साथीहरुले ब्याएमशाला जाम भन्दा मान्दिनथेँ । सप्ताहको अन्त्यमाम घरमा खानेकुरा पकाउने गर्दथेँ । दाल, भात, तरकारी पकाउदै वाइनको चुस्की पनि लगाउथेँ । एक डेढघण्टाको समयमा सबै खानेकुरा तयार हुन्थ्यो । त्यसबिच एक बोतल वाइन पनि सकिन्थ्यो । कुनै कुनै हप्तात दुईटा वाइनका बोतल रित्तेन्थे । अझ कहिलेकाँही साथीहरुले उनिहरुको घरमा बोलाँउदा पनि अल्कोहलजन्य कुराले नै आतिथ्य गराउथे । श्रीमतीले ‘कत्ती अल्कोहल पिएको’ कराउलिन भनेर जुसमा एल्कोहल मिसाएर पिउथेँ । माछा मासु पनि अती नै मन पर्थ्यो ।सेलरोटी, जिलेवी मलाई एकदमै मन पर्ने परीकारहरु थिए । चम्चा भरिको घ्यू,महले चित्त भुझ्दैनथ्यो, डाडुभरी नै चाहिन्थ्यो । नियमित रगत दान गर्ने भएकाले रगत बढाउन पालुङ्गोको साग, किसमिस, केरा, सुन्तला आदी फलफुल पनि खान्थेँ । मलाई मिठो लागेका कुराहरु घाँटीसम्म आउने गरी खान्थेँ । यसरी खाने गर्दामेरो शरीरको लागि चाहिने भन्दा बढी क्यालोरी सन्चित हुन गएछ । त्यसै कारण उपरोक्त बीमारी भएको रहेछु ।डाक्टरले तत्कालको लागि उच्च रक्तचाप, मधुमेह रकोलेष्ट्रोल घटाऊन औषधी खान सिफारिस गरेका छन। अब मैले हरेक दिन एक दुई घण्टा हिंड्ने र आहारबिहार स्वात्तै घटाऊन लागेको छु ।

डाक्टरको सल्लाह अनुसार मेरो शरीरमा कुनै संक्रमणरोग नभएकाले जुलाई ९ मा र आज जुलाई २३ पनि दुईदुई युनिट प्लेट्लेट्स दान गरेँ। आज मेरो शरीरको तौल १८४ पाउण्ड, तापक्रम ९७.४ फरेनहाइट, रक्तचाप १२०/६०, हेमोग्लोबिन १६, पल्स ८० र प्लेटलेट्स परिमाण २०१ रहेछ । भविष्यमा पनि यसरी नैगरी रहने छु । अहिले गम्भीर रक्त अभाव रहेकोअवस्थामा न्यूयोर्कमा नेपाली संस्थाले आगामी अगष्ट ८मा ७५३२ ब्रडवए, ज्याक्सन हाइटमा रक्तदान कार्यक्रम राखेको छ । यस क्षेत्र वरीपरी रहनुहुने तपाईं सबैलाई रक्तदान जस्तो पुन्य कार्यमा सहभागी हुनुहुन बिनम्र अनुरोध गर्दछु । तपाईंको एक पटकको रक्तदानले तीन जना सम्मलाई बचाउन सहयोग हुन्छ । रक्तदान गर्न आउँदाखेरी खानेकुरा खाएर आउनुहोला । प्रसस्त पानी पनि पिएर आउनु होला ।

WP2Social Auto Publish Powered By : XYZScripts.com