एप्पलका संस्थापकले रोजगारीका लागि लेखेको हस्तलिखित निवेदन लिलामीमा

-


     नेपालय न्युज    
     श्रावण ८ गते २०७८


टेक्सास (अमेरिका) । अमेरिकी आईफोन निर्माता कम्पनी एप्पलका संस्थापक स्टीव जब्सले सन् १९७३ मा रोजगारीका लागि लेखेको हस्तलिखित निवेदन फेरि लिलामीमा विक्री हुने भएको छ ।

उक्त निवदेन यो पटक नन फंग्बिल टोकन(एनएफटी) को आधारमा लिलामी हुनेछ । एक पेज लामो उक्त निवेदन उनले कलेज पढ्दाको समयमा लेखेका थिए । तर निवेदनमा कुन कामको लागि कुन कम्पनीमा आवेदन गरेको थिए भन्ने बारेमा स्पष्ट केहि खुलाइएको छैन । सन् १९७६ मा उनले भीडीयो गेम्स डिजाइनरको रुपमा एउटा कम्पनीमा काम पनि गरेका थिए । सन् १९८५ मा भने उनले एप्पलको शुरुवात गरेका थिए ।

उनको यो हस्तलिखित निवेदनको लिलामी जुलाई २८ मा समाप्त हुँदैछ अर्थात् आजको मितिले ५ दिन म्याद रहेको छ । उक्त लिलामी सकार्न बिहीवारसम्ममा १८ ओटा आवेदन परेको छ । यसको संयोजन भने लन्डनका आन्त्रप्रेनर ओली जोशीले गरिरहेका छन् ।

स्टीव जब्सले लेखेको यो डिजिटल भर्सनको निवेदन सन् २०१७ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा पहिलो पटक १८ हजार ७५० डलरमा लिलामी भएको थियो भने सन् २०१८ मै बोस्टनमा १ लाख ७४ हजार ७५७ डलरमा लिलामी भएको थियो । त्यसैगरी सन् २०२१ मा लन्डनमा २ लाख २४ हजार ७५० पाउन्डमा विक्री भएको थियो ।

विश्वमा पहिलो पटक आइफोन, आइपोड तथा आइप्याड निर्माण गरेर चर्चामा आएका उनको क्यान्सरबाट पीडित भई सन् २०११ मा निधन भइसकेको छ । एप्पलले कम्प्युटरदेखि आइफोन निर्माण गरेर विश्व बजारमा आधिपत्य जमाइरहेको छ ।एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com