चीनबाट आइपुग्यो कोरोना भाइरसविरुद्धको ८ लाख मात्रा खोप

-


     नेपालय न्युज    
     श्रावण ७ गते २०७८


काठमाडौं ।छिमेकी मुलुक चीनबाट बिहीवार कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ८ लाख मात्रा प्राप्त भएको छ ।

चीनसँग खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट बिहीवार खोप ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए।

बिहीवार आएको खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखि देशभरि पठाइने उनले बताए ।

उनले निगमको नियमित उडानमार्फत लगातार चार दिनसम्म खोप चीनबाट आउने जानकारी दिए। यही साउन १५ गतेसम्म ३२ लाख मात्रा खोप नेपाल आउने मन्त्रालयले बताएको छ । अहिलेसम्म ७३ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ ।रासस

WP2Social Auto Publish Powered By : XYZScripts.com