
गण्डकी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट थप ३ जना मन्त्री बन्ने भएका छन्। माओवादी केन्द्रबाट रामजी बराल, चन्द्र बहादुर बुढा र दीपक चर्ती मगर गरी ३ जना गण्डकी प्रदेशमा मन्त्री बन्ने भएका हुन्।
बराललाई अर्थ, बुढालाई कृषि र चर्ती मगरले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने भएका छन्। माओवादी केन्द्रबाट यसअघि मधु माया अधिकारी गुरुङ मन्त्री बनिसकेकी छन्।
तीनैजना मन्त्रीको शपथ शुक्रबार दिउँसो १ बजेका लागि तय गरिएको छ ।
नेकपा एमाले नेतृत्वको तत्कालीन सरकारले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धन सरकार बनेको थियो।
तर, सरकार गठन भएको डेढ महिनाभन्दा बढी समय भइसक्दा पनि मन्त्रिपरिषद्ले भने पूर्णता पाउन सकेको छैन।