राष्ट्रिय नागरिक पार्टीको गण्डकी प्रदेश अध्यक्षमा रिजाल

-


     नेपालय न्युज    
     श्रावण ५ गते २०७८


राष्ट्रिय नागरिक पार्टीले गण्डकी प्रदेश अध्यक्षमा नवलपुर गैंडाकोटका ठानिश्वर रिजाल पशुपतिलाई चयन गरेको छ ।

६३ वर्षको लामो राजनैतिक इतिहास बोकेका रिजाल पुर्व नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्य हुन ।

देश विकासमा बैकल्पिक शक्तिको रूपमा द्रुत गतिमा अघि बढीरहेकोे राष्ट्रिय नागरिक पार्टीको सिद्धान्तले सार्है मन छोएको र वास्तविक रूपमा देश र जनताको हितमा यो पार्टीले काम गर्ने अभियानमा आफू पनि सहभागी बन्ने दृढ संकल्प साथ पार्टी प्रवेश गरेको बताउनु भयो ।

राष्ट्रिय नागरिक पार्टीले वहाँको सामाजिक तथा राजनैतिक योगदानको उच्च सम्मान गर्दै केन्द्रिय सदस्य एवम् गण्डकी प्रदेश अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो ।

पार्टीको जिल्ला कार्यालय चितवन भरतपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा माडी नगरपालिका ४ का तुमराज महतो, राम महतो, कालिका नगरपालिका ५ का सन्तकुमार चौधरी, २ का कृष्ण बहादुर गुरुङ, ३ का निर बहादुर पाख्रीन र मीन बहादुर गुरुङहरु अन्य पार्टी परित्याग गरि राष्ट्रिय नागरिक पार्टीमा प्रवेश गर्नुभएको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष शुक्र बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत केन्द्रीय सहमहामन्त्री सागर कार्की र सन्चालन सहसचिव आनन्द थापाले गर्नुभएको थियोे ।

WP2Social Auto Publish Powered By : XYZScripts.com