
पोखरा ४ साउन ।
पोखरा १२ माटेपानी गुम्बाफेदीदेखि चापापानी कुवासम्मको सडक निर्माण सम्पन्न भएको छ ।
यातायात पूर्वाधार निर्देशनालय कास्कीको बजेट र पोखरा महानगरपालिकाको साझेदारीमा निर्माणाधीन पोखरा –१२ माटेपानी गुम्बाफेदी देखि चापापानी कुवाँ सम्मको सडक तथा वाल, नाला र ३०० मिटर पीच सम्पन्न भएको हो ।

कुल ६२,७८,०१८ लागत रहेकोमा यातायात पूर्वाधार निर्देशनालय कास्कीबाट ५६,५०,२१७ सयोग रहेकोमा स्थानयि उपभोक्ताबाट ६,२७,८०१ रहेको थियो । योजना २०७८ बैशाख तिन गते सम्झोता भएकोमा बैशाख ४ गतेबाट निर्माण कार्य थालिएकोमा २०७८ असार तिस गते योजना सम्पन्न भएको थियो । बिगत लामो समयदेखि निर्माण हुन नसकेको उक्त सडक तथा नालाबाट चापापानी तथा त्यस क्षेत्रका जनताहरु लाभानबित्त भएका छन् । योजना निर्माण समितिका अध्यक्ष ऋषिराम लामिछानेले योजनाको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्दै यो योजना ल्याउन बिशेष सयोग गर्ने पोखरा महानगरपालिकाका मेयर मान वहादुर जिसी लगाएत योजना सम्पन्न नभइन्जेल सम्म रात दिन खटिरहेका स्थानिय उपभोक्त्ता लगाएत निर्माण समितिका पदाधिकारीहरुमा बिहेष धन्यवाद दिएका छन् । पोखरा १२ का वडा अध्यक्ष राम वहादुर कार्कीले अब यो सहकलाई नमुना सडक बनाउन पोखरा १२ लाग्ने बताए । ईन्जिनियर नगेन्द्र सुवेदी समाजसेवी दान वहादुर बस्नेत निर्माण समितिका सचिव पुर्ण भुजेल लगाएतले यो सडक तथा नाला निर्माण गर्दा नाफा घाटा भन्दा पनि गुणस्तरलाई ध्यान दिएर निर्माण गरीएको बताए ।
