अमेरिका, अफगानिस्तान, पाकिस्तान र उज्बेकिस्तानको क्वाड ग्रुप, चीनका लागि कति चिन्ता ?

-


     नेपालय न्युज    
     श्रावण ३ गते २०७८


अमेरिकाको जो बाइडेनको प्रशासनले अमेरिका, अफगानिस्तान, पाकिस्तान र उज्बेकिस्तान क्षेत्रीय सम्पर्क बढाउनका लागि क्वाड ग्रुप बनाउन सैद्धान्तिक रुपमा सहमत भएको जानकारी दिएको छ । यसबारे समाचार एजेन्सी पीटीआईले जानकारी दिएको छ ।

अमेरिकी विदेश विभागले शुक्रबार दिएको जानकारी अनुसार यी सबै देशले अफगानिस्तानमा शान्ति र स्थिरता क्षेत्रीय सम्पर्कका लागि अत्यधिक महत्वपूर्ण भएको मान्यता राख्छन् र उनीहरु शान्ति र क्षेत्रीय सम्पर्क सँगसँगै विकसित भइरहेको छ भन्ने कुरामा सहमत छन् ।

विदेश विभागले जारी गरेको बयानमा भनिएको छ – समृद्ध अन्तर–क्षेत्रीय व्यापार मार्ग खोल्नका लागि यो ऐतिहासिक घडीमा पार्टीहरुले व्यापार विस्तार गर्न, ट्रान्जिट लिङ्क बनाउन र व्यापारिक सम्बन्धलाई बलियो बनाउनका लागि सहयोग गर्दै अघि बढ्ने उद्देश्य राखेका छन् ।

विभागले भनेको छ, ‘यो सहयोगको तौर तरिकालाई आपसी सहमतिले निश्चित गर्न सबै पक्ष अबका महिनामा मिलेर चर्चा गर्नका लागि सहमत भएका छन् । ’

अफगानिस्तानको स्थितिः

अफगानिस्तानको रणनीतिक र भौगोलिक स्थितिलाई देशका लागि तुलनात्मक रुपमा लाभको रुपमा हेरिन्छ । अफगानिस्तानको सीमा पूर्व र दक्षिणमा पाकिस्तान, पश्चिममा इरान, उत्तरमा तुर्कमेनिस्तान, उज्बेकिस्तान र ताजिकिस्तान र उत्तर पूर्वमा चीनसँग जोडिएको छ ।

सिल्क रोडको केन्द्रमा रहेको अफगानिस्तान लामो समयदेखि एशियाली देशबीच वाणिज्य र व्यापारको केन्द्र थियो जसले उनीहरुलाई यूरोपसँग जोड्दथ्यो । यसले धार्मिक, सांस्कृतिक र वाणिज्यिक सम्पर्कले महत्व पाउँथ्यो ।

चीन अफगानिस्तानमा आफ्नो बेल्ट रोड इनिशिएटिवलाई विस्तार गर्न चाहन्छ । यसका कारण क्वाडको गठन महत्वपूर्ण हुन्छ ।

सन् २०१३ मा सत्तामा आएपछि चीनका राष्ट्रपति शी जिनपिङले अर्बौं डलरको बीआरआई परियोजनाको उद्घाटन गरेका थिए जसको उद्देश्य दक्षिण पूर्व एशिया, मध्य एशिया, खाडी देश, अफ्रिकी र युरोपको स्थल र समुद्री मार्गको नेटवर्कसँग जोड्नु हो ।

अफगानिस्तानको भौगोलिक स्थिति यस्तो छ कि उसले पूरा दुनियाँमा नेटवर्क फैलाउनका लागि चीनलाई आधार दिनसक्छ ।

३१ अगस्टसम्म अमेरिकी सेना फिर्ता हुने घोषणापछि अफगानिस्तानमा लगातार हिंसा बढिरहेको छ ।

बीबीसी