महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त


     नेपालय न्युज,     
     असार ३१ गते २०७८


काठमाडौँ, असार ३१ गते ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिशमा बाजुरा जिल्ला निवासी अधिवक्ता खम्मबहादुर खातीलाई नेपालको महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ ।    

नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com