
वाशिङटन डीसी (अमेरिका) । अमेरिकी विमान निर्माता कम्पनी बोइङले ७८७ विमानको उत्पादन दरमा कटौती गर्ने भएक
विमानको उत्पादनसँग सम्बन्धित संरचनागत त्रुटी समाधान गर्न कोशिश भइरहँदा बोइङले मंगलवार यस्तो निर्णय गरेको हो ।
कम्पनीले ७८७ विमानको लागि नयाँ उत्पादन दर भने सार्वजनिक गरेको छैन । अहिले कम्पनीले मासिक पाँच ओटा विमान बनाइरहेको छ । अर्थात् कम्पनीको नयाँ उत्पादन दर यो भन्दा तल हुनेछ ।
यो वर्षको अहिलेसम्मको अवधिमा सबै खालका गरेर १५६ ओटा जेट डेलिभर गरिसकेको छ । गत वर्ष भर भने यसले सबै खालका गरेर १५७ विमान डेलिभर गरेको थियो । एजेन्सी