
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई शपथ ग्रहण गराएकी हुन् ।
राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् ।

त्यस्तै चार मन्त्रीलाई आजै शपथ छन् । नेपाली कांग्रेसका दुई र माओवादीका दुई गरी चार मन्त्रीलाई खुवाएका हुन् ।
कांग्रेसबाट ज्ञानेन्द्र बहादुर कार्की र बालकृष्ण खाँडले शपथ लिएका छन् । गृहमन्त्री बालकृष्ण खाँण बन्नका छन् । कार्की कानुन मन्त्री बनेका छन् ।
त्यस्तै माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसालले शपथ लिएका छन् । शर्मा अर्थमन्त्री बन्नेका छन् भने भुसाल उर्जामन्त्री बन्नेकी छिन् ।