नेपाललाई जापानद्वारा १६ लाख डोज खोप उपलब्ध गराउने घाेषणा


     नेपालय न्युज,     
     असार २९ गते २०७८


काठमाडौं, असार २९ गते । जापान सरकारले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप दिने भएको छ । नेपालस्थित जापानी दूतावासद्वार विज्ञप्ति मर्फत साे कुराकाे जानकारी गराइएकाे हाे । प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारीबाट मुक्त हुनु अघि देशवासीका नाममा सम्बाेधन गर्नु हुँदै जापानले उक्त खोप उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभएकाे छ ।

उपलव्ध गराइने खोप सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डकाे पहिलाे मात्र लगाएका नागरिकलाई लगाउन उपयुक्त हुनेछ । उक्त अस्ट्राजेनेका खोप प्राप्त भएसँगै दोस्रो डोजको पर्खाइमा रहेका १४ लाख ज्येष्ठ नागरिकले लगाउन पाउनेछन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com