सुपर मारियो ६४ को प्रतिलिपि लिलामीमा १५ लाख डलरभन्दा धेरैमा बिक्यो

-


     नेपालय न्युज    
     असार २८ गते २०७८


असार २८, वाशिङ्टन डीसी (अमेरिका) । जापानी गेम निर्माता कम्पनी कम्पनी निन्टेन्डोको सुपर मारियो ६४ को नोखोलिएको प्रतिलिपि आइतवार एक लिलामीमा १५ लाख डलरभन्दा धेरैमा विक्री भएको छ ।

यो कुनै एउटा भिडियो गेमको लागि बोलकबोल गरिएको अहिलेसम्मकै कीर्तिमानी रकम भएको लिलामीकर्ता हेरिटेज अक्शन्सले बताएको हो । राम्रो अवस्थामा अहिले सो गेमको पाँचभन्दा कम प्रतिलिपि छन् । यसको विक्रीले दुई दिनअघि मात्रै निन्टेन्डोको द लेजेन्ड जेल्डाको नखोलिएको प्रतिलिपिले कायम गरेको कीर्तिमान तोडेको छ । शुक्रवार द लेजेन्ड जेल्डाको नखोलिएको प्रतिलिपि ८ लाख ७० हजार डलरको कीर्तिमानी मूल्यमा विक्री भएको थियो ।

यो केही समयका लागि विश्वको सबैभन्दा महँगो गेम बनेको थियो । तर यो उपाधि अब सुपर मारियो ६४ को पोल्टामा गएको छ । लिलामीमा पुराना गेमहरुलाई बोलकबोल गरिएको कीर्तिमानी रकमले पुराना गेम संकलनकर्ताहरुमाझ यस्ता सामानप्रतिको मोह छर्लङ पारेको छ ।

सुपर मारियो ६४ निन्टेन्डो ६४ कन्सोलका लागि बनाइएको गेम हो । लेजेन्ड अफ जेल्डा भने सन् १९८७ मा केही महीना मात्रै उत्पादन गरिएको थियो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com