एनआरएनए नीति प्रतिष्ठानको अध्यक्षमा पूर्व अध्यक्ष घले चयन

-


     नेपालय न्युज    
     असार २६ गते २०७८


गैरआवासीय नेपाली संघ (एनआरएनए-NRNA) को नीति प्रतिष्ठान (Policy Institute) को अध्यक्षमा संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घले चयन हुनुभएको छ।

जुलाई ९, २०२१ मा संघका अध्यक्ष कुमार पन्तले यसबारे जानकारी दिंदै संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेलाई सो जिम्मेवारीमा चयन गरेको बताउनु भएको हो। प्रतिष्ठानमा बाँकी सदस्यहरु अध्यक्ष घलेले नै मनोनयन गर्नुहुने समेत जानकारी दिनुभएको छ।

एनआरएनए नीति प्रतिष्ठान नेपालको सामाजिक-आर्थिक विकास र समृद्धिका लागि सरकारसँग मिलेर नीतिगत पहलकदमीका पक्षमा काम गर्ने एउटा गहन निकाय हो। यसमा एनआरएनए नीति प्रतिष्ठान कार्यान्वयनको एउटा पाटो थियो। अर्को पक्ष एनआरएनए फाउण्डेशनको गठन थियो। फाउण्डेशन अमेरिका या सिंगापुरमा दर्ता गर्नुपर्ने सोच थियो।

खासगरी पूर्व अध्यक्षको २०१५ को NRNA Vision 2020 & Beyond को सपना भनेको United Nations of NRNs थियो। यसमा कार्यान्वयन गर्ने एउटा निकाय एनआरएनए नीति प्रतिष्ठान थियो। यस्तो एनआरएनए नीति प्रतिष्ठान एनसीसीमा समेत जानुपर्ने कुरा थियो।

अहिले सोचका स्वयं व्यक्ति पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घले नै एनआरएनए नीति प्रतिष्ठानको अध्यक्ष हुनुभएको छ। उहाँलाइ अध्यक्ष कुमार पन्तले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ।

WP2Social Auto Publish Powered By : XYZScripts.com