अमेरिकाबाट १५ लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आउँदै

-


     नेपालय न्युज    
     असार २५ गते २०७८


अमेरिकाले नेपाललाई १५ लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । अमेरिकाले नेपाललाई शनिबार १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप पठाउन लागेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

विकाशील देशहरूलाई ८० मिलियन डोज खोप उपलब्ध गराउने राष्ट्रपति बाइडेनको घोषणा अनुसार नेपालले खोप पाउन लागेको हो ।

यस्तै, अमेरिकाले भुटानलाई पाँच लाख डोज मोर्डेना खोप उपलब्ध गराउने भएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com