मृत्युको वर्षौंपछि खुल्यो रहस्य : ड्रग्सका अम्मली थिए ब्रुस ली

-


     नेपालय न्युज    
     असार २५ गते २०७८


मार्सल आर्टिस्ट ब्रुस ली गोप्य रुपमा ड्रग्स प्रयोग गर्थें, उनलाई लेखिएको पत्रले यही सार्वजनिक गर्छ । फिल्म स्टार ब्रुस लीले अर्का फिल्म अभिनेता रोबर्ट बैंकरलाई ५० भन्दा धेरै पत्र लेखेका थिए ।

जहाँ उनको ड्रग्स दुर्व्यसनबारे उल्लेख छ । बैकहरुलाई लेखिएको पत्रले देखाउँछ कि बैंकले उनलाई ड्रग्स सप्लाई गर्ने गरेका थिए । यसमा कोकिन, एलएसडी र गाँजा समावेश थियो । १९६९ देखि ब्रुस लीको निधन हुँदासम्म अर्थात् १९७३ सम्म बैंकरले यी ड्रग्सहरु सप्लाई गर्ने गरेका थिए । निधन हुँदाको समय ब्रुस ली केवल ३२ वर्षका थिए ।

ब्रुस लीले ड्रग्स सेवन गर्ने गरेको हल्ला यसअघि पनि हलिउडमा नचलेको होइन । तर, यी पत्रहरुले उनको यो बानीको पुष्टीमात्रै गरेको छैन, ब्रुस ली कुन हदसम्म ड्रग्समा निर्भर थिए भन्ने पनि देखाएको छ ।

१९९३ मा बैंकरको ५२ वर्षको उमेरमा निधन भएको थियो । ब्रुस लीसँगको संगतमा रहदाँ उनी अमेरिकाबाट गोप्य रुपमा ड्रग्स बोकेर हङकङसम्म पुगेका थिए, जतिबेला हङकङमा ब्रुस ली फिल्मको सुटिङमा व्यस्त हुन्थें । ड्रग्सले समस्यामा परे पनि पात्रमा रुपान्तरण हुनका लागि आफुलाई सहयोग गरेको पनि ब्रुस लीले पत्रमा लेखेका छन् । उनले १९७२ मा बैंकरसँग ठूलो परिमाणमा ड्रग्स मगाएका थिए ।

१९७३ मा जतिबेला हङकङमा इन्टर द ड्रागनको सुटिङमा ब्रुस ली व्यस्त थिए, त्यतिबेला उनकी श्रीमती लिन्डाले ब्रुस लीका तर्फबाट ड्रग्स माग्दै बैंकरलाई पत्र लेखेकी थिइन् । १४ अप्रिलमा लेखिएको पत्रमा उल्लेख छ,‘ब्रुस लीले कोकिन प्रयोग गरेकोमा चिन्ता नलिनुस्, उनी ओभरलोड हुन गइरहेका छैनन् ।’

एक महिनापछि मस्तिष्क सुन्निएर ब्रुस ली ढले । उनलाई निको पनि भयो । तर २० जुलाई १९७३ मा फेरि ओछयानमै मृत अवस्थामा भेटिए ।

अमेरिकाको डाल्लासस्थित हेरिटेज अक्सनका प्रवक्ताले भने, ‘ब्रुस ली सर्वकालिन प्रभूत्वशाली मार्सल आर्टिस्ट हुन् र २० औं शताब्दीमा पप संस्कृतिका आइकन हुन् । र, यी पत्रहरूले उनी कसरी गोप्य थिए भन्ने देखाउँछ ।’एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com