एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अगस्ट ३१ सम्ममा सबै अमेरिकी सैनिकहरू अफगानिस्तानबाट फिर्ता भइसक्ने घोषणा गर्नुभएको छ । यसअघि बाइडेनले अमेरिकी सैनिकहरू सेप्टेम्बर ११ सम्ममा फिर्ता हुने बताउनुभए
बाइडेनले अहिलेका लागि अफगानिस्तानबाट जतिसक्यो छिटो फर्किनु नै राम्रो हुने बताउनुभएको हो । आफ्नो देश कसरी चलाउने भन्ने एक्लै निर्णय गर्ने अफगान जनताको अधिकार र जिम्मेवारी रहेको बाइडेनको तर्क छ । आफ्नो देशको अर्को पुस्तालाई अफगानिस्तानमा युद्ध गर्न नपठाउने उहाँले बताउनुभएको छ ।
तालिवान लडाकु समूहले देशैभर आफ्नो उपस्थिति बढाइरहेका बेला बाइडनले यस्तो बताएपछि अफगानिस्तानको भविष्यलाई लिएर चासो बढेको छ । सन् २००१ सेप्टेम्बर ११ मा ट्वीन टावरमा आक्रमण भएपछि अमेरिकाले सोही वर्ष अफगानिस्तानमा सेना पठाएको थियो ।
२० वर्षमा २ हजार ४ सय ४८ जना अमेरिकी सैनिकले अफगानिस्तानमा ज्यान गुमाएका छन्।