
नेकपा एमालेमा रहेको अन्तरकलह मिलाउन गठित कार्यदलमा सहमति भएको बताएको छ।
विगत केही दिन यता निरन्तर बसेको कार्यदलको बैठकले एकताको बुँदाहरुमा सहमति बनाएको हो। कार्यदलको बैठक शुक्रवार दिनभरी अर्थ मन्त्रालयमा बसेको थियो।
बैठकपछि बाहिरिएका कार्यदलका सदस्यद्वय प्रदीप ज्ञवाली र गोकर्ण बिष्टले पार्टीमा एकता कायम गर्ने विषयमा सहमतिको निष्कर्ष निकालेको जानकारी दिए। सहमति भएको विषयमा भाषा मिलाएर शनिबारको बैठकबाट सार्वजनिक गरिने पनि बताए।
जेठ २ गते गठन भएको कार्यदलले गएको सोमबारदेखि छलफल सुरु गरेको थियो। भोलि बस्ने कार्यदलको बैठकमा सहमतिको खाका बनाइ भोलि नै शीर्ष नेतालाई बुझाउने कार्यदलको तयारी छ। नेपालखबर