अमेरिका घना जनसङ्ख्या भएको न्यूयोर्क राज्यमा बढ्दो बन्दुक हिंसालाई रोक्नका लागि स्थानीय सरकारले आपतकालीन कार्यकारी आदेश जारी गरेको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु क्युमोले कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । योसँगै बन्दुक हिंसालाई न्यूनिकरण गर्ने उद्देश्यले कार्यकारी आदेश जारी गर्ने न्यूयोर्क पहिलो अमेरिकी राज्य बनेको छ ।
कार्यकारी आदेशपछि बन्दुकबाट हुने हिंसाको हस्तक्षेप र रोकथामका लागि १६ अर्ब ४२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको गभर्नर क्युमोको कार्यालयका एक अधिकारीले बताएका छन् । गत ४ जुलाईको साप्ताहिक बिदामा न्यूयोर्क राज्यमा मात्रै साप्ताहिक ५१ वटा गोली काण्डका घटना भएको अमेरिकी सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
अमेरिकामा देशैभरि गोली काण्डका कारण हुने मृत्युदर बढेको छ । गत साता मात्रै दुई सयभन्दा बढी यस्ता घटना घटेका एफबीआईको रिपोर्टमा उल्लेख छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले जुनको अन्त्यमा हत्याका घटना वृद्धिलाई रोक्न बन्दुक आपूर्ति र हतियार तस्करी नियन्त्रणका सम्बन्धमा एउटा रणनीति अघि सारेका थिए । एजेन्सी