
गण्डकी प्रदेश सभा सदस्य राजिब पहारीले कास्कीको अन्नपुर्ण गाउँपालिका वडा न ६ को लागि एक थान अक्सिजन कंसनट्रेटर हस्तान्तरण गरेका छन् ।
मंगलबार एक बिषेस कार्यक्रमका बीच पहारीले रु एक लाख पचास हजार रकम बराबरको सो कंसनट्रेटर नेकपा एमाले अन्नपुर्ण गाउपालिका सचिब बिबेक देबकोटालाई हस्तान्तरण गरेका हुन् । जोय नेपाल संस्थाको सहयोगमा उक्त कंसनट्रेटर हस्तान्तरण गरिएको सांसद पहारीको सचिवालयले जानकारी दिएको छ। यसअघि सोहि संस्थाको सहयोगमा अन्नपुर्ण गाउपालिकाका वडा न १० घान्द्रुक , वडा न ११ छुम्रुंग वडा न ५ झोबांगमा एक एक थान कंसनट्रेटर हस्तान्तरण गरिसकिएको र बाकि अन्य वडाहरुमा पनि क्रमश प्रदान गर्न पहल भैरहेको बताइएको छ।
सो अबसरमा सांसद पहारीले कोरोना महामारीबाट पिडित आफ्नो निर्बाचन क्षेत्रका जनताको स्वास्थ्य रक्षा आफ्नो पहिलो कर्तब्य र जिम्मेबारी भएको हुदा हरतबरले सहयोग जुटाउन लागिपरेको बताए।
आफ्नो आग्रहलाइ सहर्ष स्विकार गर्दै निरन्तर सहयोगमा जुटेकोमा उनले सहयोगी संस्था जोय नेपाललाई हार्दिक धन्यबाद ब्यक्त गर्दै थापा मानबिय सहयोगमा निरन्तर जुट्न सम्पूर्णमा अपिल समेत गरे ।उक्त अबसरमा नेकपा एमाले कास्कीका सचिब दामोदर बैरागी , मेडिकल काउन्सिलका सदस्य किशोर बिक्रम मल्ल , सहयोगी संस्ठा जोय नेपालका प्रान्जल कायस्थ , नेकपा एमाले कास्कीका सचिबालय सदस्य दाम बहादुर बि क , नेता बिष्णु के सी , गाउपालिका सचिब बिबेक देबकोटा ,स्काउट कास्कीका संयोजक आशिर्बाद सुबेदी ,बिद्यार्थी नेता साजन सुबेदी लगाएतको उपस्थिति रहेको थियो ।
यस लगत्तै सांसद पहारीले पोखरा ६ बैदाम,नहरमार्गस्थित खहरेचोक देखि बुलौदि जाने निर्माणाधीनढलान बाटोको अनुगमन गरेका छन् । आठ सय मिटर लामो र उक्त बाटो संसद पहारीको पहलमा चालु आर्थिक बर्ष २०७६ (७७ र २०७७(७८ मा गरि एक करोड ५० लाखको लागतमा निर्माण भैरहेको छ। अनुगमनमा सांसद पहारीसंगै , पुर्बाधार बिकास कार्यालयका इन्जिनियर राजेश पौडेल , बाटो निर्माण समितिका तुलसी दाहाल ,समितिका पदाधिकारी सहित समाजसेबि ,स्थानीयबासि ,वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।अनुगमन गर्दै पहारीले निर्माण ब्यबसायिलाइ बाटोको गुणस्तरमा बिषेस ध्यान दिन आग्रह गर्दै योजना समयमै सम्पन्न हुने गरि काम गर्न आग्रह गरे ।