२५ % ले घट्यो तिती छुसिङको शेयरमूल्य

-


     नेपालय न्युज    
     असार २२ गते २०७८


न्यूयोर्क (अमेरिका) । चिनियाँ अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी तिती छुसिङको शेयर मूल्यमा मंगलवार तीव्र कमी आएको छ ।

कम्पनीको शेयर न्यूयोर्क स्टक एक्सचेञ्जमा सूचीकृत भएको एक हप्ता पनि बितिनसकेको अवस्थामा शेयरमूल्यमा कमी आएको हो ।

मंगलवार बिहान कम्पनीको प्रतिकित्ता शेयर ११ डलर ५८ सेन्टको न्यून विन्दुमा आएको थियो । यो अघिल्लो दिनबजार बन्द हुँदाको तुलनामा २५ प्रतिशतभन्दा धेरै कम हो ।

तितीले घरेलु प्रयोगकर्ताहरुको डेटा दुरुपयोग गरेको विषयमा अनुसन्धान शुरु भएको अनि घरेलुएप स्टोरबाट कम्पनीको एप डाउनलोडमा लगाइएको प्रतिबन्धका कारण कम्पनीको शेयरमूल्यमा नकारात्मक असर परेको हो । सोमवार अमेरिकी बजार बन्द भएकोले सो घटनाको असर मंगलवार शेयरमा देखिएको हो ।

मंगलवार अमेरिकी शेयर बजारमा सूचीकृत अन्य चिनियाँ कम्पनीहरुको पनि शेयरमूल्य घटेका थिए । पाइतुको शेयरमूल्य करीब ४ प्रतिशतले घट्दा जेडीको शेयरमूल्यमा साढे ३ प्रतिशतको कमी आयो । अलिबाबाको शेयरमूल्य पनि २ प्रतिशतभन्दा धेरैले घट्यो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com