१२ खर्बमा बनेको चीनको नयाँ भव्य विमानस्थल सञ्चालनमा


     नेपालय न्युज,     
     असार २१ गते २०७८


चीनको बहुप्रतिक्षित छेङ्गदु टियान्फु अन्तरराष्ट्रिय विमानस्थल आधिकारिक रुपमा सञ्चालनमा आएको छ ।

सिचुवान एयरलाइन्सले आइतबार बिहान स्थानीय समयानुसार ११ बजे बेइजिङका लागि पहिलो उडान भर्यो ।

सिचुवान प्रान्तको राजधानी छेङ्डु दुईवटा अन्तरराष्ट्रिय विमानस्थल भएको देशको तेस्रो शहर हो ।

यो विमानस्थल ७० बिलियन चिनियाँ युआन (१०.८ बिलियन डलर) अर्थात् १२ खर्ब रुपैयाँको लागतमा बनेको हो ।

यो विमानस्थल ७१०,००० स्क्वायर मिटरमा फैलिनुका साथै तीनवटा रनवे छन् भने दुईवटा टर्मिनल छन् । यो विमानस्थलले वर्षमा १० करोड यात्रुलाई उडान गराउन सक्नेछ ।एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com