
काठमाडौं, आसार २१ गते । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते सुनाउन सक्ने सम्भावना छ ।
आज सबै पक्षको सुनुवाइ सम्पन्न भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा हेर्दा हेर्दैमा राख्ने र अर्काे सुनुवाइ असार २८ गते गरिने बताउनुभयाे । यसअघिकाे विघटनकाे मुद्दामा बहस सकिएपछि साे मुद्दालाइ हेर्दा हेर्दैमा राखिएकाे र त्यसपछिकाे पेशीमा फैसला आएकाे थियाे ।