गण्डकीका मुख्यमन्त्रीको प्रेस संयोजकमा भरत कोइराला

-


     नेपालय न्युज    
     असार २० गते २०७८


पत्रकार भरत कोइराला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक नियुक्त
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनलाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो।

दुई दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील कोइराला हाल आदर्श समाज दैनिकका सम्पादक छन्। उनले २०५८ सालमा अन्नपूर्ण पोस्टदेखि पत्रकारिता सुरु गरेका थिए।
पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर उनी संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष पनि हुन्। कोइरालाले भद्रकाली मावि, कुँडहरमा पत्रकारिता अध्यापनसमेत गर्छन्।

स्याङ्जाको पुतलीबजार १३ का स्थायी वासिन्दा कोइराला हाल पोखरा ११, फूलबारीमा बसोबास गर्दै आएका छन्।

WP2Social Auto Publish Powered By : XYZScripts.com