घर भाडा र बैंक ब्याजमा छुट दिन फेन्सी व्यवसायीको माग

-


     मनोहरि पाैडेल    
     असार २० गते २०७८


पोखरा २० ।

फेन्सी तथा रेडिमेड व्यवसायी स‌घ पोखराले गत वर्ष झै यस वर्ष पनि विश्वव्यापी रुपमा फैलिएको द्रोस्रो चरणको कोरोना सक्रमणले व्यवसायमा मन्दी आएपछि घरभाडामा विशेष छुट दिन आग्रह गरेको छ ।

फेन्सी तथा रेडिमेड व्यवसायी स‌घ पोखराले कम्तीमा पनि पचास प्रतिसत घरभाडा छुट गर्न घरधनी तथा कम्पनीलाई आग्रह गरेको हो । हाल देखिएको आर्थिक मन्दीले व्यवसाय चौपट्ट भएको बताउँदै न्युनतम ५० प्रतिसत भाडा छुट गरी व्यवसायीलाई राहात दिन पोखरा महानगरपालिका भित्रका घर बहाल लगाउने घर धनी तथा कम्पनीलाई अनुरोध गरिएको फेन्सी तथा रेडिमेड व्यवसायी स‌घका अध्यक्ष राजु पाैडेलले जानकारी दिए ।

कोरोना समस्याले व्यवसायमा देखिएको मन्दीले सम्पूर्ण व्यवसायीलाई ठुलो समस्या परेको भन्दै हाल बैंक व्याज तिर्ने बेलामा समस्या भएको संघले ठहर गरेको छ । सकेसम्म सो समयको बैंक ब्याज मिनाह गरीदीन आग्रह गर्दे वा सो समयको बैंक ब्याज बुजाउने समय थप गर्न र तिर्न मिल्ने वातावरण बनाइदिन पनि सघले आग्रह गरेको छ । साथै यस विषम परिस्थितिमा सम्पुर्ण आफ्ना व्यवसायीलाइ धैर्यताका साथ सुरक्षित रहदै स्वाथ्य सुरक्षाका उपायहरु अवलम्वन गर्दे आ आफ्नो व्यवसाय सन्चालन गर्न समेत आग्रह गरेको छ ।

No description available.
WP2Social Auto Publish Powered By : XYZScripts.com