अमेरिकी रोजगारी सृजनाले गति लियो


     नेपालय न्युज,     
     असार १९ गते २०७८


असार १९, वाशिङटन डीसी (अमेरिका) । अमेरिकामा जुन महीनामा रोजगारी सृजनाले गति लिए

कोरोना भाइरसको महामारीका कारण लगाइएको प्रतिबन्ध खुकुलो बनेर आर्थिक गतिविधि पुनः सुचारु हुन थालेपछि समीक्षा अवधिमा अपेक्षाकृत धेरै रोजगारी सृजना भएको हो ।

गत महीना रोजगारदाताहरुले ८ लाख ५० हजार रोजगारी सृजना गरेका छन् । बार, रेष्टुराँ, खुद्रा तथा शिक्षा क्षेत्रमा नयाँ कर्मचारी भर्तीसँगै सो अवधिमा अपेक्षाकृत उच्च रोजगारी सृजना भएको हो । कर्मचारी भर्ती बढेको भएपनि बेरोजगारी दर भने ५ दशमलव ९ प्रतिशतमा यथावत् रहेको श्रम तथ्यांक विभागले बताएको हो ।

नयाँ कर्मचारीलाई आकर्षित गर्न म्याकडोनल्ड्जलगायत आतिथ्य कम्पनीहरुले आफ्नो कम्पनीको रेष्टुराँमा न्यूनतम् तलब पनि बढाएका छन् । मेमा शून्य दशमलव ४ प्रतिशतले बढेको औसत घन्टे तलब गत महीना पनि शून्य दशमलव तीन प्रतिशतले बढेको छ ।

जुनमा थपिएका आधा भन्दा धेरै जागिर विलासी र आतिथ्य क्षेत्रमा छन् । यद्यपि, यी क्षेत्रमा रोजगारी महामारी पूर्वको स्तरभन्दा अझै पनि २२ लाख कम छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com