जनसम्पर्क समितिले उठायो एक करोड ३२ लाखभन्दा बढी रकम

-


     नेपालय न्युज    
     असार १८ गते २०७८


विश्वभरका नेपाली जनसम्पर्क समितिहरुले एक करोड ३२ लाखभन्दा बढी रकम संकलन गरेका छन्।

यो रकम विभिन्न २७ मुलुकका जनसम्पर्क समितिहरुले संकलन गरेका हुन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २ गते सबै जनसम्पर्क समितिका अध्यक्षहरुलाई कोभिड रोकथाम एवं उपचारका लागि सहयोग गर्नेगरी आर्थिक संकलन गर्न निर्देशन दिएका थिए। सभापति देउवाको निर्देशन अनुरुप जनसम्पर्क समितिका सभापतिहरुले आ आफ्नो मुलुकबाट यसरी रकम संकलन गरेका हुन्। संकलित रकम पार्टीले तोकेको बैंक खातामा जम्मा गरिसकिएको जानकारी सबै जनसम्पर्क समितिको तर्फबाट रकम संकलनका लागि संयोजन गरेका कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति,अमेरिकाका अध्यक्ष आनन्द विष्टले जानकारी दिएका छन्।
पार्टीको परिपत्र र निर्देशन प्राप्त भएपछि पार्टीद्वारा सह-महामन्त्री डाक्टर प्रकाशशरण महतको संयोजकत्वमा गठित कोभिड-१९ अनुगमन समिति,नेपाली जनसम्पर्क समन्वय समिति,सबै मुलुकका जनसम्पर्क समितिका अध्यक्षहरु र एनआरऐनमा आवद्ध कांग्रेस निकटहरुसंग सामुहिक छलफल गरी रकम संकलन सुरु गरिएको थियो। डाक्टर महत,केन्द्रीय सदस्य एन पी साउद र जनसम्पर्क समन्वय विभाग प्रमूख गोविन्द भट्टराईसमेत सबै अध्यक्ष र एनआरएनका सदस्यहरु सहभागी संयुक्त बैठकले जनसम्पर्क समितिहरुको तर्फबाट रकम संकलनका लागि समन्वय गर्नेगरी विष्टलाई संयोजनको जिम्मेवारी दिएको थियो।


विष्टले सार्वजनिक गरेको सहयोग संकलन सम्बन्धी विवरण जस्ताको तस्तै
कोभिड महामारीको रोकथाम र उपचार सहयोगका लागि नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाज्यूको निर्देशन (जेठ २,२०७८ को परिपत्र) एवं पार्टीले गठन गरेको कोभिड-१९ अनुगमन समितिका संयोजक पार्टी सहमहामन्त्री डा श्री प्रकाशशरण महतज्यूको संयोजनमा हामी सबैले पार्टी निर्देशन अनुरुप आर्थिक संकलन गरेको विदितै छ।
यसका लागि सह महामन्त्री डाक्टर महत, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोभिड-१९ अनुगमन समितिका सदस्य श्री एन पी साउद र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय विभाग प्रमूख श्री गोविन्द भट्टराइसहित सहभागी हामी सबै सभापतिहरु र एनआरएनमा क्रियाशील साथीहरुको बीचमा संयुक्त भर्चुअल बैठक बसी विश्वभरका जनसम्पर्क समितिमार्फत पार्टीको निर्देशन अनुसार सहयोग रकम संकलन गर्ने निर्णय गरी त्यसको संयोजन गर्ने जिम्मेवारी तपाईं साथीहरु र पार्टी नेतृत्वले मलाई सुम्पिएको बारे पनि साथीहरु अवगत नै हुनुहुन्छ।
पार्टीको आव्हान र निर्देशन अनि नेतृत्व तहमा रहनु भएका तपाईंहरु सबैको प्रतिनिधि भएर यो जिम्मेवारी बहन गर्न पाउँदा पार्टी सिपाहीको नाताले मलाई व्यक्तिगत रुपमा गौरवको महसुस भएको छ र यसका लागि म सबै मेरा परम मित्र तपाईं सभापतिज्यूहरुप्रति आभार व्यक्त गर्दछु। यो अभियानलाई तत्काल पहलकदमी लिई आ आफ्नो मुलुकबाट जे जति रकम संकलन गरी पार्टी कोषमा जम्मा गर्न सकियो त्यसले संकटको बेला जनसम्पर्क समितिको भूमिका अझ गहन हुने रहेछ भन्ने थप पुष्टी गरेको छ। यसका लागि सबै जनसम्पर्क समितिका नेतृत्व तहका साथीहरु बधाईका पात्र हुनुहुन्छ। आगामी दिनमा पनि हामी यसैगरी होष्टेमा हैंसे गर्दै सामुहिक एकताभावले अघि बढ्दै हाम्रो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेछ।
साथीहरु, यो अभियानको क्रममा आ आफ्नो तहबाट जुट्नु हुने र सहयोग गर्नुहुने सबै दाताहरुप्रति पनि म संयोजकको हैसियतले आभार प्रकट गर्दछु र पार्टी नेतृत्व समक्ष औपचारिक रुपमा धन्यवादसहित सबै जनसम्पर्क समितिहरुलाई कदर पत्र उपलब्ध गराई दिनका लागि आग्रह पनि गरेको छु।
हामीले यस अभियानका क्रममा कूल ने.रु.१,३२,३४,७८३.५५ (अक्षेरुपी: एक करोड बत्तीस लाख चौतिस हजार सात सय त्रियासी रुपैयाँ र पचपन्न पैसा) संकलन गरी पार्टीको बैंक खातामा जम्मा गरिसकेका छौं ।
तपसिल बमोजिम रकम संकलन गरी जम्मा गरेको विवरण पार्टी सभापतिज्यूलाई अवगत गराएको छु।
तपसिल:


१. नेपाली जनसम्पर्क समिति,अमेरिका : रु. ४८,००,०००.००
२. नेपाली जनसम्पर्क समिति,जापान : रु. ११,६७,५०९.००
३. नेपाली जनसम्पर्क समिति,जर्मनी: रु. ८,०८,२१२.००
४. नेपाली जनसम्पर्क समिति,बेल्जियम: रु. ७,७५,०००.००
५. नेपाली जनसम्पर्क समिति,बेलायत: रु. ६,५५,०००.००
६. नेपाली जनसम्पर्क समिति, साइप्रस: रु. ५,४१,६६८.००
७. नेपाली जनसम्पर्क समिति,पोर्चुगल: रु. ४,५३,५३४.००
८. नेपाली जनसम्पर्क समिति,कोरिया: रु. ४,३९,६५५.००
९. नेपाली जनसम्पर्क समिति, हङकङग: रु. ४,२२,६२३.००
१०. नेपाली जनसम्पर्क समिति, कतार: रु. ३,५०,०००.००
११. नेपाली जनसम्पर्क समिति,युएइ: रु. ३,५०,०००.००
१२. नेपाली जनसम्पर्क समिति,डेनमार्क: रु. ३,२७,२२७.५५
१३. नेपाली जनसम्पर्क समिति, स्पेन: रु. २,६२,०३२.००
१४. नेपाली जनसम्पर्क समिति,अष्ट्रेलिया: रु. २,३२,३२३.००
१५. नेपाली जनसम्पर्क समिति,नर्वे: रु. २,१५,०००.००
१६. नेपाली जनसम्पर्क समिति,आयरल्याण्ड: रु. २,००,०००.००
१७. नेपाली जनसम्पर्क समिति,क्यानडा: रु. २,००,०००.००
१८. नेपाली जनसम्पर्क समिति,साउदी अरब: रु. २,००,०००.००
१९. नेपाली जनसम्पर्क समिति,कुबेत: रु. १,५०,०००.००
२०. नेपाली जनसम्पर्क समिति,बहराइन: रु. १,१५,०००.००
२१. नेपाली जनसम्पर्क समिति,इजरायल: रु. १,००,०००.००
२२. नेपाली जनसम्पर्क समिति,मलेशिया: रु. १,००,०००.००
२३. नेपाली जनसम्पर्क समिति,फ्रान्स: रु. १,००,०००.००
२४. नेपाली जनसम्पर्क समिति,ओमन: रु. १,००,०००.००
२५. नेपाली जनसम्पर्क समिति,स्वीट्जरल्याण्ड रु. १,००,०००.००
२६. नेपाली जनसम्पर्क समिति,न्यूजिल्याण्ड: रु. ५०,०००.००
२७. नेपाली जनसम्पर्क समिति,माल्टा: रु. ५०,०००.००
जम्मा ने.रु.१,३२,३४,७८३.५५ (अक्षेरुपी: एक करोड बत्तीस लाख चौतिस हजार सात सय त्रियासी रुपैयाँ र पचपन्न पैसा)

आनन्द विष्ट,
संयोजक, कोभिड रोकथाम एवं उपचारका लागि आर्थिक संकलनका निम्ति जनसम्पर्क समितिहरुको तर्फबाट
आमन्त्रित केन्द्रीय सदस्य,नेपाली कांग्रेस
एवं सभापति,नेपाली जनसम्पर्क समिति,अमेरिका

WP2Social Auto Publish Powered By : XYZScripts.com