क्यानडा र अमेरिकामा लु : जनजीवन प्रभावित, मृत्यु हुनेको संख्या बढ्दै


     नेपालय न्युज,     
     असार १७ गते २०७८


अमेरिकाको उत्तर–पश्चिमी प्यासेफिक क्षेत्र, ब्रिटिस कोलम्बिया राज्य र क्यानडामा गर्मी र लुले सबै रेकर्ड तोडेको छ । १० हजार वर्षमा एकपटक आउने तातो हावाको प्रभाव क्यानडा र अमेरिकाको पोर्टल्यान्ड, इडाहो, ओरेगन र पूर्वी वासिङटनमा देखिएको छ ।

क्यानडामा पछिल्ला ४ दिन तापक्रम उच्चतम स्तरमा ४९ दशमलव ६ डिग्री छ । यहाँ पछिल्ला ४ दिनमा २ सय ३३ जनाभन्दा धेरैको गर्मीका कारण मृत्यु भइसकेको छ ।

त्यसमध्ये भ्यान्कोभरमा मात्रै १ सय ३० भन्दा बढीको मृत्यु भइसकेको छ । क्यानेडाका मुख्य फरेन्सिक मेडिसिन अधिकारी लिसा लपोइन्टका अनुसार पछिल्लो हप्ता लू सूरु भएको थियो । विशेषज्ञहरुका अनुसार जलवायु परिवर्तनका कारण आर्कटिकको माथि उच्च दबाबसहितको वायुमण्डलीय विक्षोभ बनेको छ, त्यहीकारण तापक्रम बढेको हो ।

क्यानेडाको पर्यावरण विभागले तातो हावा फैलिएसँगै अलर्ट जारी गरेको छ । यस सातासम्म गर्मीको यस लहरको खतरा कायम रहने यसमा उल्लेख छ । गर्मीका कारण भ्यान्कोभरका स्कुल तथा कोभिड १९ खोप लगाउने केन्द्रहरु बन्द गरिएको छ । अमेरिकी राष्ट्रिय जलवायु सेवाले पनि मानिसहरुलाई चिसो ठाउँमा बस्न भनेको छ ।

एसी वाला सिनेमा हल फुल
सडकमा पानीको फोहरा लगाइएको छ । स्विमिङ पुलमा लगाइएको कोभिड १९ प्रतिबन्ध हटाइएको छ । भ्याक्नकोभरका घरहरुमा एयर कन्डिसनर छैनन्, त्यसैले सरकारले यहाँ कुलिङ सेन्ट बनाएको छ । जहाँ, मानिसहरुले दिनरात बिताउन सक्छन् । मानिसहरु एसी भएका होटलमा पनि बस्नका लागि गएका छन् । एसीसहितका सबै सिनेमा हल हाउसफुल छन् । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com