शी चिनफिङले विरोधीलाई चेतावनी दिँदै भने, ‘हामी अब कसैबाट पनि दबिने छैनौं’

- चीनको कम्युनिष्ट पार्टीको स्थापनाको सय वर्ष पूरा


     नेपालय न्युज,     
     असार १७ गते २०७८


चिनियाँ कम्युनिष्ट पार्टीको शताब्दी समारोहमा राष्ट्रपति शी जिनपिङले आफ्ना विरोधीलाई कडा शब्दमा चेतावनी दिएका छन् ।

बिहिबार आयोजित भव्य समारोहमा जिनपिङले भने, ‘चीन अब कसैबाट पनि दबिने छैन । चीन अब कुनै पनि विदेशी शक्तिलाई हामीमाथि दबाब बनाउन र हामीलाई अधिनमा राख्न कुनै पनि प्रयास गर्न दिनेछैन ।’

करिब ७० हजार दर्शकको उपस्थितिमा जिनपिङले सो कुरा बताएका हुन् । उनको यस्तो भनाई पछि समारोह स्थल तालीले गुञ्जायमान भएको थियो ।

राष्ट्रपति शी चिनफिङको यो बयानलाई अमेरिका र चीनको हालको तनावसँग जोडेर हेरिएको छ ।

यद्यपि, अमेरिकामात्रै होइन संसारका थुप्रै अन्य देशले हङ्गकङको मामिलामा चीनको व्यवहारको आलोचना गरेका थिए । त्यतिबेला चीनले हङ्गकङलाई आफ्नो आन्तरिक मामिला बताउँदै त्यसको खण्डन गरेको थियो ।

जुलाई महिनाको १ तारिखमा चीन कम्युनिष्ट पार्टी (सीसीपी) आफ्नो स्थापनाको सय वर्ष मनाइरहेको छ ।

यो अवसरमा बोल्दै चिनियाँ राष्ट्रपति शीले भने, ‘कसैलाई पनि चिनियाँ जनताको बलियो इच्छाशक्ति, उद्देश्य र बेजोड शक्तिलाई कम आँक्न अधिकार छैन । यदि कुनै विदेशी शक्तिले यस्तो गर्ने प्रयास गर्छ भने चीनका १.४ अर्ब जनताको एकीकृत शक्तिसँग उसले जुध्नुपर्ने हुन्छ ।’

चिनफिङले आफूले कसैलाई पनि नदबाएको, न नै कुनै अन्य देशका नागरिकलाई आफ्नो अधिनमा राख्ने प्रयास गरेको बताए । उनले भविष्यमा पनि यस्तो कदापी नगर्ने स्पष्टिकरण दिए ।

माओ त्सेतुङपछि चीनका सबैभन्दा शक्तिशाली नेताको रुपमा उभिएका राष्ट्रपति शी जिनपिङले सधैं शान्ति, विश्वव्यापी विकास र अन्तर्राष्ट्रिय व्यवस्थालाई सुरक्षित राख्नका लागि काम गर्दै आएको बताए ।

यो समारोहमा चिनियाँ जेट विमानले फ्लाइपास्ट गरे । राष्ट्रपतिलाई तोपको सलामी दिए र थुप्रै राष्ट्रवादी गीत बजाए ।

शीन चिनफिङले साम्यवादले नै चीनलाई बचाउन सक्ने र साम्यवादी चिनियाँ जनताले नै देशको विकास गर्न सक्ने बताए ।

पछिल्ला केही वर्षमा चीनले थुप्रै पटक अमेरिकामाथि उसको आर्थिक वृद्धिमा बाधा बनेको भन्दै आरोप लगाइसकेको छ ।

बीबीसीका शंघाई संवाददाता रोबिन ब्रेन्टले शी जिनपिङ माओ झैं तयार भएर आएको बताए । उनका अनुसार उनले माओको जस्तै कपडा लगाएका थिए । उनले आफ्नो भाषणमा चिनियाँ जनताको असाध्यै तारिफ गरे ।

उनले भने, ‘यदि चिनियाँ कम्युनिष्ट पार्टी नभएको भए जुन नयाँ दुनियाँमा आज चिनियाँ जनता बाँचिरहेका छन्, त्यो उनीहरुले पाउने थिएनन् ।’

उनले चिनियाँ सेनालाई थप बलियो बनाउने बताए । शी जिनपिङले चीन आफ्नो सेनाको निर्माण आफ्नो सम्प्रभुताको रक्षा, सुरक्षा र विकासका लागि गर्ने र यसलाई विश्वस्तरीय बनाउने बताएका छन् ।

बीबीसी

WP2Social Auto Publish Powered By : XYZScripts.com