एनआरएनएको १० औं महाधिवेशनको लागि निर्वाचन समिति गठन

-


     नेपालय न्युज    
     असार १७ गते २०७८


गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी अक्टोवर महिनामा हुने १० औं महाधिवेशनमा नयां नेतृत्व चयन गर्नको लागि सात सदस्यीय निर्वाचन समिति गठन भएको छ।

जुन ३०, २०२१ मा संघका अध्यक्ष कुमार पन्तले आफूलाई गत बैठकद्वारा निर्वाचन समिति गठन गर्ने जिम्मेवारी दिएको र सो जिम्मेवारी आफूले पुरा गरेको बताउनु भयो।

नेपाल बार एसोसियसनका महासचिव अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा गठित निर्वाचन समितिमा रामप्रताप थापा (जर्मनी), चिरञ्जीवी ढकाल (यूके), डा गणेश गुरुङ, (नेपाल) डा देवकाजी डंगोल (कतार), डा विष्णुमाया परियार (अमेरिका) र सदस्य सचिवमा भूषण घिमिरे (जापान) रहेका छन्।

संघको २०२१ मा नवनिर्वाचित राष्ट्रिय समन्वय परिषदहरुले महाधिवेशनको लागि अगष्ट १५ भित्र केन्द्रीय प्रतिनिधि चयन गर्नुपर्ने व्यवस्था छ। केन्द्रीय प्रतिनिधिको लागि २०२१ मा निर्वाचित एनसीसी नेतृत्वले ६५ प्रतिशत प्राथमिकताका आधारमा, २५ प्रतिशत निर्वाचनबाट र १० प्रतिशत अध्यक्षद्वारा मनोनित प्रतिनिधि गरेर पठाउनु पर्नेछ।

निर्वाचन समिति गठन

मे २२, २०२१ का दिन सम्पन्न भएको ३६ औं अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकको निर्णय अनुसार संघका अध्यक्ष कुमार पन्तले निर्वाचन समिति गठन गर्नुभएको छ।

यही आउने अक्टोवर २०२१ मा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने संघको पदाधिकारीहरुको निवार्चन सम्पन्न गर्नको लागि २९ जुन २०२१ का दिन संघको विधानको उपदफा २१.१ मा प्रावधान भए बमोजिम अध्यक्ष पन्तले निर्वाचन समिति गठन गर्नुभएको छ।

निर्वाचन समिति निम्न अनुसारको रहेको छ

बरिष्ठ अधिवक्ता श्री लिलामणी पौड्याल – प्रमुख निर्वाचन आयुक्त, नेपाल

संरक्षक श्री राम प्रताप थापा – सदस्य, जर्मनी

डा. गणेश गुरुङ – सदस्य, नेपाल

डा. देवकाजी डंगोल – सदस्य, कतार

चिरिञ्जवि ढकाल – सदस्य, युके

डा. विष्णुमायां परियार – सदस्य, युएसए

भूषण घिमिरे – सदस्य सचिव, जापान

WP2Social Auto Publish Powered By : XYZScripts.com