
नेपालय
चाहे पश्यिमको लोक गीत होस या पुर्बाको लोक गीत हरेक प्ररकारका गीतहरु सृजना गर्ने माहिर सर्जक एवं गायक अभय ढुंगेल ले अमेरिकामा बसेर पनि गीत सृजनामा लागी परेका छन् ।
यसै क्रममा हालै मात्र नयाँ गीत सार्वजनिक गरेका छन् ।
गायक अभय ढुंगेल र गायिका रेश्मा सुनुवारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मार्यो मार्यो’ बोलको गीतमा शब्द र संगीत अभय ढुंगेलको रहेको छ। बाबु प्रधानले संगीत संयोजन गरेको गीतलाई महेश्वर मान राजभण्डारीले मिक्सिङ्ग र मास्टरिङ्ग गरेका छन्।
शंकर बिसीले निर्देशन गरेको भिडियोमा शंकर,कबिता न्यौपाने र नबराज पौडेल फिचर्ड छन्। दुर्गा पौडेलले छायाँकन गरेको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन र कलर संयोजन गरेका छन्। भिडियो आर्टिस्ट नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।