एजेन्सी । क्यानडामा अत्यधिक गर्मीका कारण पाँच दिनमा १ सय ३० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
पछिल्लो दुई दिनमा मात्रै ६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ज्येष्ठ नागरिक अधिक हुन्
क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रमा तापक्रम अत्यधिक बढेको हो । मंगलबारमात्रै क्यानडाको लिटनमा लगातार तेस्रो दिन तापक्रम उच्च भइरहेको छ ।
त्यहाँको तापक्रम अहिलेसम्मकै बढी ४९.६ डिग्री सेल्सियस मापन गरिएको छ । गत हप्तासम्म क्यानडाका कुनैपनि प्रान्तमा ४५ डिग्रीभन्दा बढी तापक्रम पुगेको थिएन ।
मौसमविद्हरुले गर्मी अझै केही दिन बढ्न सक्ने भएकाले सतर्क रहन अपिल गरेका छन् ।