
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाबाट अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्न तयारी भएको निर्वाचन प्रक्रिया अन्तिम समयमा आएर रोकिएको छ।
एनआरएनए एनसीसी राष्ट्रिय निर्वाचन आयोगद्वारा जुन २७, २०२१ राति पठाइएको विज्ञप्तिमा निर्वाचन तत्काल अर्को सूचना नभए सम्मका लागि रोकिएको जनाइएको छ।
अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन निर्बाचन स्थगन गरिएको
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद का अध्यक्ष कुमार पन्त , महासचिब हेमराज शर्मा र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष सुनील साह को अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन निर्बाचन रोक्न गर्नु भएको पत्र साथै इमेल प्राप्त भएको ले सोहि आधार मा हाल लाई अर्को सुचना जारी नभए सम्मका लागि अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन निर्बाचन स्थगन गरिएको जानकारी गरिन्छ।
बाशु फुलारा
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका