
काठमाडौं, असार १४ गते । आगामी बिहीबारदेखि नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान हुने गरी हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।
बिहीबारदेखि बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन र नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअर दुई गरी दैनिक ६४ वटा उडान हुने भएको छ ।
यसैगरी पाँच वटा हवाई कम्पनीले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएपनि सरकारले थप चार वटा हवाई कम्पनीलाई अनुमति दिएको छ । अब नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, कतार एअरलाइन्स, टर्किस एअरलाइन्स, जजिरा एअरलाइन्स, फ्लाइ दुवई एअरलाइन्स, सलाम एअरलाइन्स, एअरअरविया र एअरइण्डियाले नेपालका लागि अन्तर्राष्ट्रिय उडान गर्दे गर्ने भएका छन्र दोहा, जापान, दुबई, ओमान, कुवेत लगायतका गन्तव्यमा उडान शुरु भएको हो । यसरी उडान सञ्चालन गर्दा जनस्वास्थ्यको मापदण्ड पूर्ण पालन गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।