एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानले आफ्नो भविष्यको निर्णय आफैँ गर्नुपर्ने बताउनुभएको छ ।
अफगानिस्तानका राष्ट्रपति अशरफ घनीसँग ह्वाइट हाउसमा भएको भेटमा राष्ट्रपति बाइडेनले सेना फिर्ता भए पनि अफगानिस्तानलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बाइडेनले आगामी सेप्टेम्बर ११ मा अमेरिकी र नेटो सेना फिर्ता गर्ने तयारी रहेको भए पनि अमेरिकी सहयोग रहिरहने बताउनुभयो ।
यता अमेरिकी र नेटोका अधिकारीहरूले भने तालिवानले अहिलेसम्म अफगानिस्तानमा हिंसा घटाउने प्रतिबद्धता अनुरूप काम गर्न नसकेको बताएका छन् । चरम्पन्थी तालीबानी लडाकुहरूले हालैको समयमा अफ्गानिस्तानको दर्जनौं जिल्लामा आक्रमण गरी कब्जा गरेको छ ।
भेटमा अफ्गानी राष्ट्रपति घानीले अमेरिकी सेना फिर्ता लिने अमेरिकाको ऐतिहासिक निर्णयको स्वागत गर्नुभएको छ ।