फेरि स्वास्थ्य संकटकाल लागू हुन सक्ने जापानको चेतावनी


     नेपालय न्युज,     
     असार १२ गते २०७८


असार १२, टोकियो । जापानमा फेरि स्वास्थ्य संकटकाल लगाउने संभावना रहेको दावी गरिएको छ ।

जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक संकटकाल घोषणा गर्न चेतावनी दिएका हुन् । उनले कोरोनाभाइरसको महामारी अपेक्षित रुपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा नपुगोस् भन्ने उद्देश्यले फेरि संकटकाल लगाउन सक्ने शुक्रवार बताएका हुन् ।

जापानको राजधानीसमेत पर्ने टोकियो महानगरपालिका भित्र मात्रै बिहीवार एकै दिनमा ५७० जना नयाँ संक्रमित भेटिएका छन् । टोकियोमा दैनिक संक्रमितको संख्या फेरि बढ्दै गएकाले फेरि संकटकालको खतरा बढेको उनले पत्रकार सम्मेलनमा बताए।

अहिलेको अवस्था हेर्दा संक्रमितको संख्या थप बढ्दै जाने देखिएको पनि पनि उनले बताए । रासस/ एएनआई

WP2Social Auto Publish Powered By : XYZScripts.com