बिष्टको संयोजकत्वमा जनसम्पर्क समिती अमेरिकाद्वारा ४८ लाख सहयोग

-


     नेपालय न्युज    
     असार ११ गते २०७८


नेपाली जनसंपर्क समिती अमेरिकाद्वारा नेपालमा कोभिड-१९ उपचार सहयोग एवं स्वास्थ्य सामाग्री वितरणका लागि ४१ हजार ३४ अमेरिकि डलर (नेपाली रुपैया ४८ लाख बराबर ) रकम नेपाली कांग्रेस पार्टीले संचालन गरेको राष्ट्रिय वाणिज्य बैंक टेकू शाखामा रहेको नेपाली कांग्रेसको खातामा जम्मा गरेको छ ।

सरकारको चरम लापरवाही, कुशासन र संवेदनहीनताका कारण आम नागरिक बीच कोभिड -१९ को संक्रमण नेपालमा तीव्र रुपमा फैलिरहेकोले नेपाली काङ्ग्रेसले सम्पूर्ण जनसंपर्क समितीहरुलाई सहयोगको लागी अपील गरे सँगै नेपाली कांग्रेस आमन्त्रित केन्दिय सदस्य तथा नेपाली जनसंपर्क समिती अमेरिकाका सभापति आनन्द बिष्टले सो रकम पार्टी केन्दिय कार्यलयमा बुझाएको जानकारी दिनुभयो ।

कांग्रेस केन्द्रीय कार्यालयबाट जेठ २ गते सभापति शेरबहादुर देउवाद्वारा सम्पूर्ण जनसम्पर्क समितीहरुलाई कोरोना रोकथाम र उपचारमा सहयोग सम्बन्धमा परीपत्र गरे लगतै जनसंपर्क समिती अमेरिका सभापति आनन्द बिष्टको संयोजकत्वमा केन्द्रीय समितिको बैठक बसी पार्टीको निर्देशन अनुसार सहयोग रकम संकलन गर्ने निर्णय गरेको थियो।

सभापति बिष्टले पार्टीको परिपत्र अनुसार सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनकारी दाताहरुप्रति सिंगो पार्टी र नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरेका छन। काङ्ग्रेसले जनसम्पर्क समितिसँग जोडिएका संघ – संस्था , गैर आवासीय संघका पदाधिकारी एवं सदस्यहरु तथा अन्य व्यक्तिहरुबाट आर्थिक सहयोग भएको उल्लेख गरेको छ। सम्बन्धित जनसम्पर्क समिति , व्यक्ति वा संस्थाहरुले सिधै स्वास्थ्य समाग्रीहरु पार्टी मार्फत वितरण गर्न र पठाउन सक्ने भनी काङ्ग्रेसले जनाएको थियो । उदारतापूर्वक प्राप्त सहयोग रकम र कोभिड -१९ को प्रयोजनको लागि गरिएको खर्चको विवरणको अभिलेख पार्टी केन्द्रमा राखिने काङ्ग्रेसले जनाएको छ। देश कोरोना माहामारी देखी बाढि पहिरोले संकट परेको बेला नेपाली कांग्रेसको शुभेच्छुक सस्थाहरुद्वारा पार्टीको आव्हानमा बिभिन्न योगदान गर्दै आईरहेको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com